इटहरी : इटहरीमा ट्रकको ठक्करबाट काका भतिजको मृत्यु भएको छ ।
इटहरी १२ खनार चोकमा विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नम्बरको ट्रकले ठक्कर दिँदा काका भतिजको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी ८ बस्ने २३ वर्षीय विपन दाहाल र पछाडि सवार सोही ठाउँका ८ वर्षीय बालक अभि दाहालको रहेका छन् ।
दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक इटहरी २ बस्ने ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post