संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका ९ याङ्सिजुङस्थित मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बा ४० प १७९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को ३७ प १८४२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भइ दुर्घटना हुँदा को ३७ प १८४२ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार स्थानीय ६५ वर्षीय पदमबहादुर विश्वकर्मको घटनास्थानमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक २७ वर्षीय कमानसिं बिश्वकर्मा र अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका १० का २३ वर्षीय पदम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।














Discussion about this post