संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ५ लुम्माङमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
बिहीबार (आज) बिहान अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरी निरीक्षक अशोक जवेगुले जानकारी दिए ।
उनका अनुसार हालसम्म शवको पहिचान हुनसकेको छैन ।
शव सडेको अवस्थामा रहेकाले पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post