इलाम : इलाम नगरपालिका ५ स्थित भित्री कच्ची सडकमा गएराति पिकअप गाडी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २२ वर्षीय तोया घिमिरे रहेका छन् ।
प्र १–०३–००१ च ००६९ नम्बरको पिकअप गोलाइ मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको हो । पिकअपमा चार वटा गोरु बोकेको पाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post