Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीले प्रा.डा. बद्रीविशाल पोखरेलमाथि कुटपिट गरेको आरोप, के भन्छन् भण्डारी ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ६, २०८१
in समाचार
0
एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीले प्रा.डा. बद्रीविशाल पोखरेलमाथि कुटपिट गरेको आरोप, के भन्छन् भण्डारी ?

कुटपिटपछि हातमा लागेको चोट देखाउँदै बद्रीविशाल पोखरेल । तस्बिर सौजन्य : विवेक भट्टराई ।

185
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेकपा एमाले सुनसरीको जिल्ला अधिवेशनमा भाँडभैलो भएको छ ।

एमालेको जिल्ला अधिवेशन शनिबार पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए । आइतबार बन्द सत्रका क्रममा विवादले उग्ररुप लिएको छ ।

पार्टी सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले प्रा.डा. बद्रीविशाल पोखरेलमाथि कुटपिट गरेको आरोप लागेको छ । अधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनको विषयमा भनाभन हुँदा अध्यक्ष भण्डारीले आफूमाथि धकेल्दै हातपातसमेत गरेको पोखरेलले बताए ।

‘म साढे ३ बजेतिर अधिवेशनमा गएँ । त्यहाँ एउटा प्रतिवेदनमा बद्रीविशाल पोखरेल अराजक हो, कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ भनेर लेखेको देखेँ,’ पोखरेलले भने, ‘मैले प्रतिक्रिया स्वरूप म अराजक कि तपाईँ अराजक ? भनेर प्रतिवाद गरेपछि ममाथि हातपात भयो ।’

आफूले कारबाहीमा परेका मानिसलाई, योग्यता नपुगेकालाई जिल्लामा लगिएको विषयमासमेत आफूले प्रतिवाद गरेकाले हातपातसम्म भएको बताए ।

‘कारबाही मलाई गर्नुको कारण के हो ? भन्दा भण्डारीले घडी लगाएको हातले ठेलेर हिर्र्काए,’ प्रा.डा. पोखरेलले भने, ‘घटना हेर्दा सामान्य भएपनि एउटा वरिष्ठ प्राध्यापकलाई हात हाल्ने ? म एमाले भएपनि अर्कमण्य गतिविधिलाई त सहन्न नि ?’

उनले आज आफ्नो ‘हात फुटाउनेले भोलि अरुको टाउको पनि फुटाउन के बेर ?’ भन्दै प्रश्नसमेत गरे । हातपात भएपछि भण्डारीलाई प्रतिनिधिहरूले तानेरै लगेका थिए ।

हातमा लागेको चोट देखाउँदै उनले भने, ‘भनाभन हुँदा भण्डारीले मुक्का हान्न खोजे, मैले छेक्न खोज्दा उनको हातमा लगाएको घडीले मेरो हातमा लाग्यो । घडीले चोट लाग्यो र रगत बग्यो ।’

प्रतिवेदनमा स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गर्ने कुरा उल्लेख गरिएको छ ।

सोही विषयमा ‘अन्य पार्टी अनुशासन उल्लङ्घन गरी कारबाहीको प्रक्रियामा रहेको’ शीर्षकमा प्रा.डा. बद्रीविशाल पोखरेलको नाम पनि उल्लेख छ । पोखरेलले सोही विषयमा आपत्ति जनाएका थिए ।

यता, कुटपिटको विषयमा बुझ्न खोज्दा जिल्ला अध्यक्ष भण्डारीले कुटपिट नभएको बताए ।

‘उहाँ मलाई कुट्नका लागि झम्टिएर आउनुभएको थियो,’ कुटपिट भएकै हो ? भन्ने प्रश्नमा भण्डारीले टाकुरा न्यूजसँग भने, ‘होइन, होइन । कुटपिट गरेको कुरा मिथ्या हो ।’ यद्यपि, सामान्य विवाद भने भएको उनले बताए । उनले पोखरेललाई ‘अराजककै संज्ञा’समेत दिए ।

उम्मेदवारको प्रक्रिया अगाडि बढ्यो

यसैबीच प्रतिनिधि मनोनयनको विवाद मिलेसँगै नेतृत्व छनौटका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।

प्रमुख निर्वाचन अधिकृत गोविन्द मिश्रका अनुसार मनोनयन दर्ताको काम भइरहेको छ । अधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व छनौटको प्रयास भएपनि सर्वसम्मत हुन नसकेपछि निर्वाचनको माध्यमबाट नेतृत्व छनौटको प्रक्रिया अगाडि बढाइएको हो ।

मुख्य निर्वाचन अधिकृत मिश्रका अनुसार मतदाता नामावली प्रकाशन, मतदाता नामावलीप्रति दाबी विरोध सकिएर अहिले मतदाताको अन्तिम नामावली प्रकाशन सम्पन्न भएको छ ।

भिडियो

Tags: #कुटपिटनेकपा एमालेबद्रीविशाल पोखरेलरेवती भण्डारीरेवतीरमण भण्डारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    833 shares
    Share 333 Tweet 208
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.