पाँचथर : मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डअन्तर्गत पाँचथरको हिलिहाङ ७ हेवाखोलामा गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
बा १७ प ७९९९ नम्बरको टोयोटा कम्पनीको गाडी शुक्रबार साँझ पौने ६ बजे दुर्घटना भएको हो ।
अनियन्त्रित भएर पल्टिँदा सोही गाडीका चालक नेपालगन्ज घर भएका अन्दाजी ३५ वर्षीय श्याम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा इलामका ३१ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन् ।
अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post