इलाम : इलामको चुलाचुली गाउँपालिका वडा नं. ५ मा रतुवा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको थियो । जिपमा सवारमध्ये दुईजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले पुष्टि गरे ।
बच्चाको र महिलाको शव फेला परेको साथै जिपमा कतिजना सवार थिए भन्नेबारे यकिन भइनसकेको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post