इटहरी : ओखलढुंगा र झापामा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका ८ माम्खा स्थित प्र ०२–०१६ प ८५३२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक ओखलढुंगा चिसंखुगढी गाउँपालिका ४ रातमाटे मझुवा का ३५ वर्षीय हस्तबहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी झापाको दमक नगरपालिका ३ मावापुल स्थितमा मे ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाँउपालिका १ घर भई दमक ५ मा डेरा गरी बस्ने २२ वर्षीय सगुन राईको मृत्यु भएको हो र
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post