धरान : धरान उपमहानगरपालिका १७ रेल्वेस्थित सडकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार राति प्र.१–०२–०५ प ८७५३ नम्बरको स्कुटरले ठक्कर दिँदा सोही ठाउँ बस्ने ३९ वर्षीया रत्न कुमारी राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post