Sunday, August 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरको कोसी अस्पतालबाट जबरजस्ती करणी मुद्दाका एक कैदी फरार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८१
in समाचार
0
विराटनगरको कोसी अस्पतालबाट जबरजस्ती करणी मुद्दाका एक कैदी फरार
107
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरको कोसी अस्पतालबाट जबरजस्ती करणी मुद्दाका एक कैदी फरार भएका छन् ।

विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद फरार भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई गत मंगलबार उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–८ घर भएका अहमद उपचाररत अस्पतालबाटै बिहीबार बिहान ५ः१५ बजेतिर फरार भएको पौडेलले जानकारी दिए । उनका अनुसार अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

अहमदको निगरानीका लागि कारागारले प्रहरी सहायक हवल्दार राजीव राजभण्डारी र जवान ज्ञानेन्द्रबहादुर कटवाललाई खटाएको थियो । पौडेलका अनुसार शौचालय जाने बहानामा प्रहरीलाई धकेलेर फरार भएका कैदीको खोजी तीव्र पारिएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते उनलाई १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको पाइएको छ ।

त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतले गरेको थियो ।

अहमदले अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गतेसम्म कारागारभित्र बस्नुपर्ने हुन्थ्यो । तर, कैद सजाय भुक्तान गर्न थालेको डेढ वर्ष पूरा नहुँदै उनी फरार भएका छन् ।

Tags: कारागारकारागार चलानकैदीफरार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

संखुवासभामा खोलाले बगाएको तीन दिनपछि हाइड्रोपावरका सुपरभाइजर मृत फेला

by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
0

संखुवासभा : संखुवासभामा खोलाले बगाएर बेपत्ता भएका इन्दुवा हाइड्रोपावरका सुपरभाइजर तीन दिनपछि मृत फेला परेका छन्। मकालु गाउँपालिका–५ मा साउन...

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट
विविध

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
0

भोजपुर र धनकुटा जिल्लालाई जोड्ने अरुण नदीको अँधेरीघाट । नदी वारीपारी सडक विस्तार भएपनि यहाँ पक्की पुल नहुँदा भने यातायात...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २३, २०८३
एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

साउन २३, २०८३
जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा ठप्प, गर्भवती मारमा

जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा ठप्प, गर्भवती मारमा

साउन २३, २०८३
सुनसरीमा ४१८ किलो गाँजासहित चार पक्राउ, एउटै रुटमा कार र मोटरसाइकलबाट ओसारपसार

सुनसरीमा ४१८ किलो गाँजासहित चार पक्राउ, एउटै रुटमा कार र मोटरसाइकलबाट ओसारपसार

साउन २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा खोलाले बगाएको तीन दिनपछि हाइड्रोपावरका सुपरभाइजर मृत फेला

साउन २३, २०८३
भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

साउन २३, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २३, २०८३
एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

साउन २३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1111 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.