Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३, २०८१
in विविध, समाचार
0
भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण
107
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ ।

आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापति गराउन दाक्बुराङ वनस्पति उद्यान निर्माण थालिएको हो ।

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको यो स्थानमा आर्थिक वर्ष २०७७/८७ बाट उद्यान निर्माण थालिएको हो । यहाँ वनस्पति विभागको अवधारणाअनुसार उद्यानको निर्माण सुरु गरेको थियो ।

त्यसयता कोशी प्रदेश सरकारको बजेटमा डिभिजन वन कार्यालयले यहाँ उद्यान निर्माण गरिरहेको छ । उद्यान निर्माणमा तीन आवमा गरी प्रदेश सरकारबाट विनियोजन गरिएको रु ७८ लाख बजेट खर्च भइसकेको वन कार्यालयले जनाएको छ ।

उद्यानमा खोजी तथा अनुसन्धानका लागि मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पति सङ्कलन गरेर रोपन गरिने कार्यालयले जनाएको छ । उद्यानमा पहाडी क्षेत्रको उच्च भागमा पाइने विभिन्न जातका जडीबुटी, रैथाने प्रजाति वनस्पति, विभिन्न जातका लालीगुँरास, सौन्दर्यजन्य बोटविरुवालाई सङ्कलन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले जानकारी दिए ।

दुई सय रोपनी क्षेत्रफल यो स्थानको १० रोपनी क्षेत्रभित्र आवश्यक संरचना निर्माण गरिएको छ । यहाँ प्रशासनिक भवन, अनुसन्धान केन्द्र भवन, प्रदेशद्वार, तीनवटा विश्रामस्थल, शौचालय निर्माण, उद्यानभित्र टायल बिच्छ्याउनेसँगै उद्यान क्षेत्रको घेराबारा गर्ने काम सम्पन्न भएको डिभिजन वनका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए ।

त्यस्तै यहाँ विभिन्न जातका बोटविरुवाको नर्सरी निर्माण गरिएको उनको भनाइ छ । यो आवमा उद्यानको थप विकासका लागि प्रदेश सरकारबाट रु २० लाख विनियोजन भएको उनले जानकारी दिए ।

“उद्यानको भौतिक निर्माणको काम करिव अन्तिम चरण पुगेको अवस्था छ”, उनले भने, “उद्यानमा पर्यटन तथा अनुसन्धानमा सहयोग पुग्ने खालका आवश्यक संरचना निर्माण गरिएको छ । खोजीकर्ताले यहाँ आएर एकसाथ धेरै खालका वनस्पतिको खोज तथा अनुसन्धान गर्न सक्नेछन् ।”

उद्यान निर्माणले यहाँको पर्यटकीय क्षेत्रको संरक्षणसँगै स्थानीयवासीको आयआर्जन वृद्धिमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए । यसको थप विकास तथा संरक्षणमा भने स्थानीय नागरिकसँगै स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उद्यान निर्माणले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुग्ने उनको धारणा छ ।

“बहुउद्धेश्यसहित यहाँ वनस्पति उद्यान निर्माण गरिएको छ”, प्रमुख शाहले भने, “उद्यान निर्माणले यहाँका नागरिकको जीवनस्तर सुधारमा केही टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । उद्यानले पहाडी क्षेत्रमा पाइने वनस्पतिको खोजी तथा अनुसन्धानमा पनि सहयोग पुग्नेछ ।”

यो स्थानलाई पर्यटकीय गन्तव्यसँगै एक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यले काम भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । यो ठाउँमा वनस्पति उद्यान निर्माणले गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

“यहाँको पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न वनस्पतिको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले उद्यान निर्माण भइरहेको छ”, अध्यक्ष राईले भने, “यो स्थान पर्यटनको निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो । उद्यान निर्माणले यसको थप उजागर हुन्छ । संरक्षण तथा थप विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक भूमिका खेलिरहेका छौँ ।”

Tags: #भोजपुर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा
समाचार

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा इटहरीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। नेकपा एमालेका पूर्व नेता तथा...

धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

असार १०, २०८३
४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३
धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    373 shares
    Share 149 Tweet 93
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.