इटहरी : इटहरीमा टिपर र म्याजिक भ्यानको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरूमा टिपरले ठक्कर दिएको र लगत्तै म्याजिक भ्यानले ठक्कर दिएर मृत्यु भएको खुलेको हो ।
आज (आइतबार) दिउँसो १२ बजेतिर पकलीबाट इटहरीतर्फ आउँदै गरेको को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकलमा सवार एक दम्पतीलाई पश्चिमतर्फ गइरहेको को १ क ३३८८ टिपरले ठक्कर दिएको थियो ।
सुरूमा टिपरको ठक्करबाट दम्पती लडेका थिए । त्यसैबेला पश्चिमतर्फ नै गइरहेको प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले ठक्कर दिएको थियो ।
दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको छ । उनीहरू श्रीमान–श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैँचा ३ गछियाका ३५ वर्षीय सागर मग्राती र म्याजिक भ्यान चालक इटहरी १२ खनारका ३९ वर्षीय श्याम बिकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो पनि – इटहरीमा म्याजिकको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु














Discussion about this post