इटहरी : कोशी प्रदेश सरकारको बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्ने निर्णय भएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ ७ गतेका लागि बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजे बैठक बस्ने निर्णय भएअनुसार बैठक आह्वान गरिएको जानकारी दिए ।














Discussion about this post