मोरङ : मोरङको सुन्दरहरैँचामा शनिबार बिहान करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र ५२ वर्षीया उनकी पत्नी फूलमाया लिम्बूको घटनास्थलमै ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार मदेली खोलाको पुलमुनी विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार लिम्बू दम्पतीले बिजुलीको पोलबाट हुक जडान गरी खोलामा करेन्ट प्रवाह गरेका थिए। सो क्रममा अचानक करेन्ट लागेर बिहान करिब ९ः४० बजे दुबैको घटनास्थलमै मृत्यु भएको हो।
शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ।
साथै, प्रहरी प्रशासनले खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने कार्य गैरकानुनी भएको जनाउँदै यस्ता कार्य नगर्न र कसैले गरेमा तुरुन्त जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
यस्ता कार्यमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।














Discussion about this post