इटहरी : इटहरी उपमहानगरपालिका–७ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
मृतक खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ घर भई हाल इटहरीमा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय देवान राई रहेका छन्।
घटना बुधबार राति ९ बजे भएको हो। राई आफ्नो डेराबाट करिब ५० मिटर टाढा रहेको खेतमा माछा मार्ने उद्देश्यले बिजुलीको तार जडान गरिरहेका बेला अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। तर अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post