झापा : झापामा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ ।
झापाको बिर्तामोड नगरपालिका–२ मा करेन्ट लागेर अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ वर्षीय दीपक पाण्डे मृत्यु भएको हो ।
शुक्रबार दिउँसो बिर्तामोड नगरपालिका– २ पश्चिम स्टेण्डमा बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
पाण्डे विद्युत प्राधिकरणको बिर्तामोड विद्युत कार्यालयको फिल्ड तर्फ कामकाज गर्ने कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post