Sunday, August 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

५५ जना क्षमताको कारागारमा १३९ कैदीबन्दी

रासस by रासस
भदौ २०, २०८२
in विविध, समाचार
0
सङ्खुवासभा : कैदी हत्या प्रकरणको मुद्दा फैसलामा ढिलाइ
76
SHARES
Share on FacebookShare on Twitter

सङ्खुवासभा : सङ्खुवासभामा ५५ जना क्षमता भएको जिल्ला कारागार खाँदबारीमा एक सय ३९ कैदीबन्दी राखिएको छ ।

जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको छ ।

यहाँ एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेका कारागारका प्रमुख जेलर राजन घिमिरेले जानकारी दिए ।

क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी भएकाले खानेपानी, सरसफाइलगायत दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ ।

जेलर घिमिरेका अनुसार यो कारागारमा ५० पुरुष र पाँच जना महिलाको क्षमता रहेको छ । कारागार तीन दशमलव पाँच रोपनी क्षेत्रफल फैलिएको बताउँदै उनले जग्गा पर्याप्त नहुँदा थप भवन निर्माण गर्न नसकिएको धारणा राखे ।

“क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएकाले खान, बस्न, शौचालय, सरसफाइलगायत गतिविधिमा समस्या हुँदै आएको छ । पुरानो र साँगुरो भवन भएकाले दैनिक जीवनयापनमा समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ”, उनले भने ।

कैदीबन्दीहरू कारागारमा पुगेपछि मानवीय व्यवहार पाउनुपर्ने भए पनि त्यस अनुरूपको सुविधा दिन नसकिएको जेलर घिमिरेको भनाइ छ ।

“कैदी सङ्ख्याका आधारमा पर्याप्त ठाउँ छैन । कारागारमा आपत्कालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ । कारागारमाथि बजार, तलतिर भिरालो र व्यक्तिको जमिन भएकाले सडक पुराउन सकिएको छैन”, उनले भने ।

कारागार जाने माथितर्फ सानो भिरालो सिडी (भर्‍याङ) ओर्लिएपछि यहाँ पुग्न सकिने घिमिरेले उल्लेख गरे । कुनै विपद् भएर कैदीबन्दीलाई तत्काल उद्धार गर्नुपरेमा एम्बुलेन्स, दमकल वा सुरक्षा निकायका गाडी पुग्नसक्ने सडक नभएको उनले बताए ।

कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि सरोकार भएका निकायलाई पटक पटक अनुरोध गरे पनि हालसम्म सुनुवाइ नभएको उनको भनाइ छ ।

Tags: #राससकारागारकैदीकैदीबन्दीसङ्खुवासभा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

समाचार

संखुवासभामा खोलाले बगाएको तीन दिनपछि हाइड्रोपावरका सुपरभाइजर मृत फेला

by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
0

संखुवासभा : संखुवासभामा खोलाले बगाएर बेपत्ता भएका इन्दुवा हाइड्रोपावरका सुपरभाइजर तीन दिनपछि मृत फेला परेका छन्। मकालु गाउँपालिका–५ मा साउन...

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट
विविध

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
0

भोजपुर र धनकुटा जिल्लालाई जोड्ने अरुण नदीको अँधेरीघाट । नदी वारीपारी सडक विस्तार भएपनि यहाँ पक्की पुल नहुँदा भने यातायात...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २३, २०८३
एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

साउन २३, २०८३
जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा ठप्प, गर्भवती मारमा

जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा ठप्प, गर्भवती मारमा

साउन २३, २०८३
सुनसरीमा ४१८ किलो गाँजासहित चार पक्राउ, एउटै रुटमा कार र मोटरसाइकलबाट ओसारपसार

सुनसरीमा ४१८ किलो गाँजासहित चार पक्राउ, एउटै रुटमा कार र मोटरसाइकलबाट ओसारपसार

साउन २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा खोलाले बगाएको तीन दिनपछि हाइड्रोपावरका सुपरभाइजर मृत फेला

साउन २३, २०८३
भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको अँधेरीघाट

साउन २३, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २३, २०८३
एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

एक महिनादेखि मेची राजमार्ग बन्द, इलाममा महँगियो सामान

साउन २३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1111 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.