Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरी जिल्ला अदालतको सेवा आइतवारदेखि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८२
in समाचार
0
न्यायधीशका बडीगार्डले यसकारण आँफैलाई गोली हाने
107
SHARES
Share on FacebookShare on Twitter

इटहरी : केही समयदेखि बन्द रहेका सुनसरी जिल्ला अदालतका नियमित कामकारवाहीहरू आइतवारदेखि पुनः सुरु हुने भएका छन्।

जेनजी आन्दोलन(२४ भदौ)का कारण अदालतबाट प्रवाह हुने सेवा, साप्ताहिक र दैनिक पेशी लगायतका कार्यहरू प्रभावित भई बन्द रहँदै आएको थियो।

यसबीचमा सर्वोच्च अदालतको मुख्य सर्भरसमेत अस्थायी रूपमा बन्द भएको र त्यसलाई सञ्चालनमा ल्याउन थप समय लाग्ने भएकाले अदालतले तत्कालका लागि म्यानुअल प्रणालीमार्फत मुद्दा सूची प्रकाशन गर्ने निर्णय गरेको हो।

अदालतका अनुसार अबदेखि साप्ताहिक र दैनिक पेशी सूची म्यानुअल रूपमा तयार गरी सार्वजनिक गरिनेछ र मुद्दाहरूको सुनुवाइ पनि नियमित रूपमा अघि बढाइनेछ।

सुनसरी अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्गले जारी गरेको सूचनामा भनिएको छ, “मिति २०८२।६।२३ गतेको निर्णय बमोजिम अदालतले सेवा प्रवाहका लागि आवश्यक तयारी पूरा गरेको छ। सर्वोच्च अदालतबाट सर्भर सञ्चालनमा आउन केही समय लाग्ने भएकाले असोज २६ गतेदेखि म्यानुअल रूपमा पेशी सूची प्रकाशन गरिनेछ र मुद्दाको सुनुवाइ नियमित रूपमा सञ्चालन हुनेछ।”

अदालतको सेवाहरू लामो समयदेखि स्थगित हुँदा मुद्दा दर्ता, पेशी तोक्ने कार्य, आदेश लेख्ने प्रक्रिया लगायतका न्यायिक कामहरू प्रभावित बनेका थिए। नियमित कामकाज ठप्प हुँदा मुद्दा सम्बद्ध पक्षहरू समेत प्रभावित भएका थिए।

अब अदालतले म्यानुअल प्रणाली अपनाएसँगै मुद्दा सम्बन्धी सुनुवाइ र निर्णय पुनः सुचारु हुने भएपछि न्याय माग्दै आएका सेवाग्राहीले राहत महसुस गर्ने अपेक्षा गरिएको छ। सर्भर पुनः सञ्चालनमा आएपछि सबै कार्यहरू पुनः डिजिटल प्रणालीमै फर्काइने अदालतले जनाएको छ।

यसैबीच, अदालतले सम्बन्धित सबै पक्षहरूलाई सूचित गर्दै भनेको छ, “न्यायिक कार्य सुचारु गर्ने उद्देश्यले असोज २६ गतेदेखि म्यानुअल पद्धतिमा काम अघि बढाइने भएकोले सबै पक्षको सहयोग आवश्यक छ।”

Tags: #सुनसरीअदालत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता
विविध

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका(२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित विराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी...

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

उदयपुर : उदयपुको बेलका नगरपालिका–३ मा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा...

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका लत्ता कपडा बरामद

बैशाख ८, २०८३
विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1329 shares
    Share 532 Tweet 332
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    690 shares
    Share 276 Tweet 173
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.