Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

ओलीको आलोचना गरेपछि कारबाहीमा परेका द्वारिकलाल चौधरी भन्छन् – ‘सत्य कुरा तीतो हुन्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०८२
in टाकुरा विशेष, समाचार
0
ओलीको आलोचना गरेपछि कारबाहीमा परेका द्वारिकलाल चौधरी भन्छन् – ‘सत्य कुरा तीतो हुन्छ’
88
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेकपा (एमाले) कोशी प्रदेश कमिटीबाट कारबाहीमा परेका इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीले सत्य कुरा तीतो हुने बताएका छन् ।

अनुशासन उल्लंघन गरेको आरोपमा कारबाहीमा परेपछि प्रतिक्रिया दिँदै चौधरीले पार्टीभित्र गुटबन्दी र दुराग्रहका कारण आफूलाई निशाना बनाइएको बताए ।

उनले भने, ‘मैले केपी ओलीको कार्यशैलीको आलोचना गर्दै आएको थिएँ। पार्टीभित्र गुटबन्दी छ, त्यो छर्लङ्ग छ। तर, महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि छान्ने, नेतृत्व छान्ने अधिकार कैद गर्न ममाथि दुराग्रह राखियो ।’

पार्टी कोशी प्रदेश कमिटीको नवौं पूर्ण बैठकले चौधरीलाई ६ महिनाका लागि पार्टी सदस्यता निलम्बन गर्दै जिम्मेवारीबाटसमेत मुक्त गरेको थियो। चौधरीले सामाजिक सञ्जाल र मिडियामा ओलीविरूद्ध टिप्पणी गरेका थिए।

कारबाही प्रक्रियालाई नियोजित देखिने बताउँदै चौधरीले भने, ‘यत्रो समयसम्म कारबाही नगर्ने, तर महाधिवेशनको पूर्वसन्ध्यामा कारबाही गरिनुले महाधिवेशनमा वञ्चित गर्न खोजेको स्पष्ट छ। महाधिवेशनको प्रक्रियामा सामेल हुनै नदिने माहोल बनाइयो, तिथि–मिति तोकिसकिएको अवस्थामा यस्तो गर्नु ठीक भएन।’

चौधरीले आफूले कहिलेकाहीँ राम्रो सल्लाह दिन खोज्दा पनि त्यसलाई गलत अथ्र्याइने गरेको गुनासो गरे। ‘सत्य कुरा तीतो हुन्छ। पार्टी नेतृत्वकै हितमा कुरा गरे पनि नबुझेजस्तो गरिन्छ,’ उनले भने।

प्रदेश कमिटीले कारबाही गरेपनि केन्द्रीय कमिटीको अनुशासन समितिले सिफारिस नगरिएकाले कारबाही फिर्ता हुने उनको जिकिर छ। ‘मलाई विश्वास छ, नेतृत्वले कारबाही फिर्ता लिन्छ। यस्तो निर्णय माथिल्लो कमिटीको पनि अनुशासन समितिले अनुमोदन गर्नुपर्छ, त्यसैले अन्तिममा न्याय हुने अपेक्षा छ,’ उनले थपे।

खासगरी आफूमाथि पूर्वाग्रह राखिएको र केही सीमित व्यक्तिको स्वार्थसिद्ध आफूले काम नगरेकोमा कारबाहीको डन्डा सोझ्याइएकोमा उनको आपत्ति छ।

‘मैले केपी ओलीको कार्यशैलीको आलोचना गर्दै आएको थिएँ। अब महाधिवेशन आयो, प्रतिनिधि छान्ने, केन्द्रीय कमिटि छान्ने अधिकार राख्छ भनेर दुराग्रह राखियो,’ चौधरीले फोन सम्पर्कमा टाकुरा न्यूजसँग भने, ‘कहिलेकाहीँ राम्रै सल्लाह दिन खोज्यो भने सत्य कुरा तीतो हुन्छ । मलाई के विश्वास छ भने नेतृत्वले कारबाही फिर्ता लिन्छ ।’

चौधरीलाई कारबाही गर्दा इटहरी निवासी प्रा.डा. बद्रीविशाल पोखरेल र काशीनाथ दंगाललाई सार्वजनिक रूपमा पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको छ।

उता, झापाका मनोरथ तिवारीलाई पार्टीविरोधी कार्यका कारण र ध्रुब शिवाकोटीलाई अदालतबाट फौजदारी सजाय भएका कारण पदमुक्त गरिएको छ।

शिवाकोटीले आफ्नै धर्म छोरीलाई बलात्कार गरेको आरोप लागेपनि पार्टीले संरक्षण गर्दै आएको थियो ।

यो पनि – ओलीविरूद्ध बोलेको भन्दै इटहरीका पूर्व मेयरलाई एमालेले गर्‍यो कारबाही, डा। पोखरेल र दंगाललाई सोध्यो स्पष्टीकरण

Tags: #केपी ओलीकेपी शर्मा ओलीटाकुरा विशेषद्धारिकलाल चौधरीद्वारिकलाल चौधरीनेकपा एमाले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    915 shares
    Share 366 Tweet 229
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    750 shares
    Share 300 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    270 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.