मोरङ : यातायात व्यवस्था कार्यालय विराटनगरले सवारी चालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ ।
भदौ २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगेपछि रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो ।
विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिए ।
चालक अनुमतिपत्रका लागि लिखित तथा ‘ट्रायल’ परीक्षा सुरु गरिएको छ ।
कार्यालयले सातामा तीनपटक सवारीचालक अनुमतिपत्रका लागि परीक्षा लिँदै आएको छ ।














Discussion about this post