झापा : झापा र मोरङमा दुई जना पुरुष मृत फेला परेका छन्। झापाको बिर्तामोड नगरपालिका–१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला परेको हो।
करिब ५५ वर्षका देखिने ती मृतक पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।
यता, मोरङको रतुवामई नगरपालिका–४ झुर्कियास्थित बाटोमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। स्थानीय ४० वर्षीय सागर ताजपुरिया बाटोमा मृत फेला परेका हुन्।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।













Discussion about this post