भद्रपुरमा १० जना जुवाडे ८४ हजार नगदसहित पक्राउ परेका छन् ।
गोप्य सुचनाका आधारमा प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका भद्रपुर नगरपालिका २ पृथ्वीनगरमा रहेको सुवास तामाङको घरबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर ४ बस्ने माधव राजवंशी, रमेश लिम्बु, राजु लिम्बु, अनीश लिम्बु, भद्रपुर २ बस्ने कर्ण तामाङ , अङगराज दङगाल, आराबहादुर तामाङ, भद्रपुर ६ बस्ने तुरुल राजवंशी रहेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीले जुवाको खालबाट नगद ८४ हजार ५ सयसहित २१ प्याकेट तास समेत बरामद गरेको डिएसपी थापाले बताएका छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरमा एक रात राखेर मङ्गलबार जिल्लामा ल्याएर वयान लिने काम भएको उनले बताएका छन्। उनीहरुलाइ म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगिने जानकारी दिएका छन् ।














Discussion about this post