Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

रासस by रासस
बैशाख १६, २०८३
in विविध, समाचार
0
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो
60
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : खुवालुङ क्षेत्रमा माङ्खीमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ ।

जिल्ला कार्यसमिति (सुनसरी, धनकुटा र उदयपुर) तथा खुवालुङ जग्गा व्यवस्थापन एवं माङ्खी निर्माण उपसमिति साथै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति काठमाडौँको आयोजनामा मङ्गलबार उक्त संरचनाको शिलान्यास गरिएको हो ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सङ्गमस्थल त्रिवेणी क्षेत्रमा रहेको खुवालुङ खाम (परिसर) लाई मुन्दुमी आस्था र शक्तिको अभ्यासस्थलका रूपमा विकास गरिँदै खुवालुङ्मा मुन्दुमी खिम (घर) निर्माण गरिनुका साथै आगन्तुकका लागि आवासीय संरचना पनि निर्माण गरिने किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो राईले बताए ।

किराँती समुदायको संस्कृति र ज्ञान प्रणालीलाई प्रतिनिधित्व गर्ने गरी ‘किरात राई सांस्कृतिक मौखिक ज्ञान सङ्ग्रहालय’ र ‘मुन्दुम खीम (पाठशाला)’ निर्माण गरिने छ ।

सङ्ग्रहालयमा अडियो, भिजुअल, तस्बिर तथा सांस्कृतिक सामग्री सङ्कलन गरिने छ भने मुन्दुम खीममा किराँती मुन्दुम र ज्ञान प्रणालीसम्बन्धी शिक्षा सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ ।

कोशी प्रदेश सरकारले रु दुई करोड ४० लाख बजेमा उक्त सङ्ग्रहालय निर्माण हुन लागेको हो ।

खुवालुङ (सप्तकोशीस्थित त्रिवेणी) लाई मौलिक सांस्कृतिक केन्द्रका रूपमा विकास गर्दै देशकै महत्त्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।

सखुवा कन्स्ट्रक्सन कन्सल्टेन्सीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहकारी विकास तथा भवन कार्यालय धनकुटामा प्रस्तुत भइसकेको छ । किरात राई यायोक्खाले उक्त डिपीआर परिमार्जन गर्नुपर्ने मागसहित संशोधन प्रस्तावसमेत पेस गरेको जनाएको छ ।

परिमार्जित डिपीआर तयार गर्दा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशद्वारा तयार गरिएको ‘खुवालुङः किराँतीहरूको पुर्ख्यौली पवित्र आस्था तथा मुन्दुमी शक्ति केन्द्र (सांस्कृतिक इन्जिनियरिङ अर्थात् सैद्धान्तिक अध्ययन), २०८२’ लाई आधार बनाइएको जनाइएको छ ।

करिब छ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको माङ्खिम र मुन्दुमी खीमका लागि आवश्यक जग्गा किरात राई यायोक्खा केन्द्रीय कार्य समिति र व्यवस्थापन समितिले विभिन्न दाताबाट रकम सङ्कलन गरी खरिद गरेको हो ।

साथै, स्थानीय तीर्थराज राई, धर्मराज राई र देवराज राईले दुई रोपनी जग्गा दान गरेको किरात राई यायोक्खा उपाध्यक्ष जनक राईले बताए ।

किराँती समुदायका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै यस्ता संरचनाले पहिचान जोगाउन सहयोग पुग्ने छ । रानले भने ।

खुवालुङ नेपालको सप्तकोशी नदीस्थित त्रिवेणी क्षेत्रमा रहेको एक चट्टान हो, जुन किराँती समुदायका लागि पवित्र मानिन्छ । दूधकोशी, अरुण र तमोर नदीको सङ्गमस्थलमा रहेको उक्त ढुङ्गालाई किराँती समुदायले ‘खुवालुङ’ का रूपमा चिन्ने गरेका छन् । यो किराँती जातिको पवित्र स्थल मध्येको एक मानिन्छ ।

किराँती भाषामा ‘खु’ भनेको ठुलो, ‘वा’ भनेको पानी र ‘लुङ’ भनेको ढुङ्गा भन्ने अर्थ लाग्छ । यसरी ठुलो नदी (कोशी) को बीचमा रहेको ढुङ्गा भएकाले ‘खुवालुङ’ नाम रहन गएको हो । मुन्दुमी मिथकअनुसार खुवालुङलाई किराँतीहरूको साझा आस्था स्थलका रूपमा व्याख्या गरिएको छ ।

प्रकृति पूजक किराँती समुदायको हजारौँ वर्षदेखिको आत्मिक सम्बन्ध खुवालुङसँग जोडिएको मानिन्छ । किरात राई समुदायभित्र रहेका विभिन्न भाषा, थर र पाछामा पाइने विविधतालाई समेत खुवालुङसम्बन्धी मिथकले सम्बोधन गर्ने विश्वास रहँदै आएको छ ।

Tags: #राससखुवालुङशिलान्यास
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    938 shares
    Share 375 Tweet 235
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    754 shares
    Share 302 Tweet 189
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    272 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.