Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

रासस by रासस
बैशाख १९, २०८३
in विविध, समाचार
0
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना
55
SHARES
Share on FacebookShare on Twitter

झापा :  जिल्लाको दक्षिणी भागमा अवस्थित जलथल जङ्गल जैविक विविधताले भरिपूर्ण ‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित छ ।

तर संरक्षणको अभावमा यहाँका दुर्लभ वनस्पति, जीवजन्तु र सिमसार क्षेत्रहरू अस्तित्वको सङ्कटमा परेको अध्ययनले देखाएको छ ।

भद्रपुर नगरपालिकासहित हल्दिबारी, कचनकवल र बाह्रदशी गाउँपालिकामा फैलिएको करिब छ हजार १०० हेक्टर क्षेत्रफलको जलथल जङ्गल सघन जैविक विविधताका कारण विश्वमै दुर्लभ मानिन्छ ।

पाँच वर्ष लगाएर गरिएको अध्ययनअनुसार फरेस्ट नेपालका डा. लीलानाथ शर्माले समुद्र सतहबाट ७० देखि १२० मिटर उचाइसम्म फैलिएको यस जङ्गलमा उन्यूका ४३ प्रजाति र फूल फुल्ने वनस्पतिका ५६० भन्दा बढी प्रजाति अभिलेख गरिएको छ ।

उनका अनुसार यहाँ २३८ प्रजातिका चरा, १६८ प्रजातिका रुख, १५७ प्रजातिका पुतली, ८५ प्रजातिका च्याउ, ४२ प्रजातिका माछा, ३४ प्रजातिका सरिसृप, २८ प्रजातिका स्तनधारी, १५ प्रजातिका झ्याउ र १४ प्रजातिका उभयचर पाइन्छन् ।

“यति सानो बनखण्डमा यति धेरै जैविक विविधता विश्वमै दुर्लभ मानिन्छ, त्यसैले यसलाई संसारकै सानो तर सर्वाधिक विविधता भएको वनखण्ड भनिएको हो”, संरक्षणविद् डा. शर्माले भने, “यसको संरक्षणका लागि राज्यको विशेष ध्यान आवश्यक छ । स्थानीय बासिन्दालाई समेत यसको महत्त्व बुझाएर संरक्षणमा सक्रिय बनाउने काम ढिला गर्नु हुँदैन ।”

तल्लो तराईमा रहेको भए पनि यहाँ पहाडी क्षेत्रमा पाइने कतिपय वनस्पति र रुखका प्रजातिसमेत भेटिन्छन् । जलवायु परिवर्तनका कारण यस्ता प्रजाति तराईमा टिक्न कठिन हुने भए पनि जलथलमा वर्षौंदेखि तिनको अस्तित्व कायम रहनु विशेष मानिन्छ ।

केही प्रजाति सङ्कटापन्न तथा संरक्षण प्राथमिकतामा परेका छन् । विश्व संरक्षण सङ्घ (आइयुसिएन)को ‘रेड लिस्ट’मा रहेका अति सङ्कटापन्न लाम्चे कछुवा, बगाले बगेडी र सालक यहाँ पाइन्छन् । यसैगरी नरम खपटे कछुवा, सुन गोहोरो र जङ्गली हात्ती पनि यस क्षेत्रमा भेटिन्छन् । स्थानीयले दुर्लभ मुसेमृग देखिएको दाबी गर्ने गरेका छन् ।

वनस्पतितर्फ अनौकाठ, लाटीबैरी, थाकल, रातो शिरीष र सतिसाल जस्ता दुर्लभ प्रजाति पाइन्छन् । जिम्नोस्पर्म समूहअन्तर्गतका थाकल र भोटेलहरा यहाँ अभिलेख भएका छन् भने सुपारी–नरिवल वर्गका चार दुर्लभ प्रजातिसमेत पाइन्छन् ।

पछिल्लो समय वातावरणीय विनाश र जलवायु सङ्कटका कारण जङ्गललाई पोषण गर्ने सिमसार, खोला, खोल्सी, झिल र पोखरी सुक्दै र लोप हुँदै गएका छन् ।

कमलधाप, झिल्का पोखरी, लतामारी, सोडागन्धी, होकलामारी, विशाल, दियालो र दुर्गाभिट्टा प्रमुख सिमसार हुन् भने भेल्सा, दुई, बालुवा, कुट्नु, झड्कन र बालुबाडी खोला यही जङ्गलबाट उत्पत्ति हुन्छन् ।

वरपिपल परिवारका १७ प्रजाति यहाँ अभिलेख भएका छन् । भेटिएका १६८ प्रजातिका रुखमध्ये ४३ प्रजातिमा भाले–पोथी बोट फरक–फरक पाइन्छन् भने ११२ प्रजाति दुर्लभ मानिएका छन् ।

जलथल जङ्गलको संरक्षणका लागि सरकारले सामुदायिक वन उपभोक्ता समितिमार्फत व्यवस्थापन जिम्मा दिएको छ । यहाँ २२ वटा सामुदायिक वन सक्रिय छन् र करिब एक लाख उपभोक्ता आबद्ध छन् ।

वन वरपर सन्थाल, राजवंशीलगायत आदिवासी समुदायको बसोबास छ । उनीहरूको जीविकोपार्जन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रमा २०० भन्दा बढी प्रजातिका वनस्पति स्थानीयले उपयोग गर्दै आएका छन् ।

Tags: #झापा#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1532 shares
    Share 613 Tweet 383
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    594 shares
    Share 238 Tweet 149
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन