विश्वमा सबैभन्दा धेरै हिमाल नेपालमा छन् । र, ती हिमालमा बनेका विश्व कीर्तिमान पनि सबैभन्दा बढी नेपालीकै नाममा दर्ज छन् ।
त्यसमा पनि शेर्पा समुदायको वर्चश्व नै छ । यस्तै अर्को एउटा विश्व रेकर्ड नेपाली युवाका नाममा पुनः दर्ज भएको छ। निमाछिरिङ शेर्पाले सबैभन्दा कम उमेरमा मनास्लु हिमाल आरोहण गरेर विश्व रेकर्ड बनाएका छन् ।
मनास्लु हिमालको आरोहणमा सबैभन्दा कम उमेरमा कीर्तिमान कायम गर्ने नेपाली युवा पर्वतारोही निमाछिरिङ शेर्पालाई लण्डनको वल्र्ड बुक अफ रेकर्ड्सले औपचारिक मान्यता दिएको छ ।
विश्वको आठौं अग्लो चुचुरो ८ हजार १६३ मिटरको ऐतिहासिक आरोहणलाई सम्मान गर्दै शेर्पाले ३० अप्रिलमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त प्रमाणपत्र पाएका हुन् ।
उनले सेप्टेम्बर २८, २०२५ मा मात्र १६ वर्ष ४ महिना र १८ दिनको उमेरमा विश्वको आठौं अग्लो हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो आरोहीको रूपमा नयाँ कीर्तिमान कायम गरेका थिए।















Discussion about this post