Sunday, June 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

रासस by रासस
असार ७, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल
52
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले भने । तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित यहाँ आएको उनले बताए ।

पूर्वी तराईमा गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीयस्थल ‘तालतलैया’ यति बेला शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइ बन्न थालेको छ । करिब साढे २१ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र यति बेला गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास भएको छ ।

तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी मौसम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सामान्य दिनमा दैनिक पाँच सयभन्दा बढी पर्यटक घुमघामका लागि आउने गरेकामा अहिले दैनिक रूपमा २५ सयभन्दा बढी पर्यटक गर्मी छल्न आउने गरेको उनले बताए ।

यहाँ आउने पर्यटकमध्ये करिब ४० प्रतिशत पर्यटक सीमावर्ती भारतीय सहरहरूबाट आउने गरेका छन् । अत्यधिक गर्मी बढेपछि अहिले सिरहा र सप्तरीको तराई क्षेत्रबाट बढी पर्यटक आउने गरेको अध्यक्ष रायमाझीले बताए ।

गर्मीबाट राहत पाउनका लागि पर्यटकहरू यहाँ रहेका पोखरी र बोटिङतर्फ बढी आकर्षित हुने गरेका छन् । तालतलैयाभित्र छवटा पोखरी रहेका छन्, जसमा पर्यटकको मनोरञ्जनका लागि समितिले दुई वटा मोटरबोट सञ्चालनमा ल्याएको छ । जहाँ शीतल हावा खाँदै जलयात्रा गर्न पाइन्छ ।

मोरङको कानेपोखरीबाट साथीहरूसहित घुम्न आएकी अर्की पर्यटक रविना थापा भन्छिन्, “यहाँको फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, चिडियाखाना र छहारीयुक्त फूलबारीले गर्दा गर्मी र छुट्टीको समय बिताउन हामी यहाँ आउने गर्छौँ । प्रायः जसो गर्मी छल्न हामी भेडेटार जाने गरेका थियौँ, तर यहाँ बोटिङ गर्न पाइने भएपछि यतै घुम्ने सोच गरेर आएका हौँ ।”

गर्मीमा शीतल छहारी खोज्दै आउने पर्यटकका लागि तालतलैयाभित्र दर्जनौँ चौतारा, बगैँचा र नर्सरी निर्माण गरिएका छन् । यसबाहेक यहाँको मुख्य आकर्षण चिडियाखाना पनि हो, जहाँ दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा र बाँदरजस्ता वन्यजन्तु अवलोकन गर्न पाइन्छ ।

बालबालिकाका लागि चिल्ड्रेन पार्क र वाटर फाउन्टेन (पानीको फोहोरा) समेत रहेकाले विद्यालय बिदाका दिन अभिभावकहरूले छोराछोरीलाई शीतल वातावरणमा खेलाउन यहाँ ल्याउने गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु ८५ लाखको बजेटबाट यहाँ थप पर्यटकमैत्री संरचना, आधुनिक शौचालय र चिडियाखानाको स्तरोन्नति गरिएको व्यवस्थापन समितिले जनाएको छ । तालतलैयामा पर्यटकको चहलपहल बढेसँगै स्थानीय साना व्यवसायी उत्साहित छन् ।

स्थानीय व्यापारी इन्दु राणा भन्छिन्, “गर्मी बढेसँगै घुम्न आउने पर्यटकको सङ्ख्या निकै बढेको छ, जसले गर्दा व्यापार पनि राम्रो भएको छ । विशेषगरी चटपटे, मःम, चाउमिन र चिसो पेय पदार्थको बिक्री बढी हुने गरेको छ ।”

सङ्घीय र प्रदेश सरकारको सहयोगमा यहाँ विभिन्न भौतिक संरचनाको जीर्णोद्धार, जनावरको वासस्थान संरक्षण र कलात्मक मूर्ति निर्माण गरिएका छन् ।

तालतलैयामा एकैपटक ७० भन्दा बढी समूहले वनभोज खान सक्ने क्षमता रहेको छ । पूर्वी नेपालकै प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको तालतलैयाबाट पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको छ ।

Tags: #पर्यटनपर्यटक
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा
विविध

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

by रासस
असार ७, २०८३
0

भोजपुर : यहाँको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौ माताको प्रतिमा...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा ६ लाख बढीको भन्सार छलीका सामान नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

इटहरी : सुनसरी प्रहरीले दुई दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका करिब ६ लाख ७८ हजार रुपैयाँ...

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

असार ६, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

झापाको बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु

असार ६, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

असार ६, २०८३
इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

असार ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

असार ७, २०८३
शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

असार ७, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ६ लाख बढीको भन्सार छलीका सामान नियन्त्रणमा

असार ७, २०८३
लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

असार ६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    351 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन