झापाको अर्जुनधारा ११ बसपार्क र बिर्तामोड भगवान चोक बाट लागुऔषध र खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड ३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन् भने अर्का बिर्तामोड २ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन । बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसै गरी प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको प्रहरी कार्यालयले जनाएको छ । गोप्य सुचनाका आधारमा उनिहरुलाइ हिजो राती पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ
परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।















Discussion about this post