Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

तपाईँको भाग्य कस्तो रहला आजको दिन ? आजको राशिफल

ज्यो. पं. सम्राट् गाैतम by ज्यो. पं. सम्राट् गाैतम
अशोज १, २०८३
in FEATURE BREAKING, धर्म/संस्कृति
0
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)
50
SHARES
Share on FacebookShare on Twitter
२०८३ असोज २ गते शुक्रबार
सोहीअनुसार १८ सेप्टेम्बर २०२६
श्रीशाके १९४८
नेपाल संवत् ११४६ यलाथ्व
दक्षिणायन , वर्षा ऋतु , रौद्रनाम संवत्सर
भाद्र महिना शुक्लपक्षको सप्तमी तिथि १२:१५ सम्म तत्पश्चात् अष्टमी
ज्येष्ठा नक्षत्र २३:१२ सम्म उप्रान्त मूल नक्षत्र
चन्द्रमा वृश्चिक राशिमा
महालक्ष्मी व्रत प्रारम्भ

आजको राशिफल

मेष : आर्थिक कारोबार गर्दा आज अलि विचार पुर्‍याउनुहोला, नचिनेका मानिसलाई ठूलो रकम ऋण दिनु जोखिमपूर्ण हुन सक्छ। कार्यस्थलमा सहकर्मीहरूसँग अनावश्यक तर्कवितर्क गर्दा कामको वातावरण बिग्रन सक्छ। नयाँ काममा लगानी गर्न भन्दा पुराना अधुरा योजनाहरू सम्पन्न गर्नतिर लाग्नु बुद्धिमानी हुनेछ। स्वास्थ्यको दृष्टिले खानपानमा परहेज गर्नुहोला, पेट सम्बन्धी समस्याले सताउन सक्छ। वैदेशिक क्षेत्रसँग जोडिएका कामहरूमा सोचेजस्तो सफलता मिल्न केही समय लाग्नेछ। सवारी साधन चलाउँदा वा यात्रा गर्दा विशेष होसियारी अपनाउनुहोला। पारिवारिक सल्लाह लिएर अघि बढ्दा उत्पन्न समस्याको समाधान सजिलै भेटिनेछ ।
वृष : दाम्पत्य जीवनमा नयाँ ऊर्जा र सामञ्जस्यता छाउनेछ, जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ। व्यापार तथा व्यवसायमा साझेदारी गर्दा राम्रो नाफा कमाउने अवसर हात पर्नेछ। इष्टमित्र तथा आफन्तहरूसँगको सम्बन्ध सुमधुर बन्नेछ र सामाजिक काममा सहभागिता बढ्नेछ। विद्यार्थीहरूका लागि नयाँ कुरा सिक्ने र अध्ययनमा उत्कृष्ट नतिजा ल्याउने समय छ। पुराना शारीरिक कष्टहरू क्रमश: कम हुँदै जानेछन्। कला वा सिर्जनात्मक क्षेत्रमा रुचि भएका व्यक्तिहरूलाई पहिचान र सम्मान मिल्नेछ। लामो समयदेखि रोकिएका आर्थिक लेनदेनहरू सुल्झिने सम्भावना प्रबल छ।
मिथुन : प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै आफ्ना योजनाहरू सफलतापूर्वक अघि बढाउन सकिनेछ। अड्डा-अदालत वा कानुनी प्रकृतिका विवादहरूमा तपाईँकै पक्ष बलियो रहनेछ। पुराना ऋण वा बाँकी बक्यौता रकम भुक्तानी गर्न सजिलो हुनेछ। नोकरीमा रहेकाहरूलाई पदोन्नति वा नयाँ जिम्मेवारी मिल्ने सम्भावना छ। छोटो दूरीको व्यावसायिक यात्रा लाभदायक साबित हुनेछ। आमा वा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा सकारात्मक सुधार आउनेछ। दैनिक कार्यमा उत्साह र जोस कायमै रहने हुनाले सोचेभन्दा चाँडै काम बन्नेछ।
कर्कट  : बौद्धिक कार्य, लेखन तथा रचनात्मक क्षेत्रमा लाग्नेहरूका लागि समय निकै अनुकूल छ। सन्तानको प्रगति वा अध्ययनलाई लिएर मनमा ठूलो सन्तोष र खुसी मिल्नेछ। सेयर बजार वा अल्पकालीन लगानीबाट अप्रत्यासित लाभ उठाउन सकिनेछ। प्रेमी-प्रेमिकाबीच आपसी विश्वास र प्रगाढता बढ्नेछ। मनोरञ्जन र कलात्मक गतिविधिमा समय बित्नेछ। समाजमा तपाईँको विचार र योजनाको उच्च कदर हुनेछ। नयाँ कार्ययोजनाको ढाँचा तयार पार्न आजको दिन फलदायी साबित हुनेछ।
सिंह : घरायसी कामकाज र पारिवारिक व्यवस्थापनमा आज बढी समय खर्चिनुपर्ने हुन सक्छ। सवारी साधन वा घरजग्गा खरिद-बिक्रीको सोच बनाउनुभएको छ भने दिन उपयुक्त छ। कार्यक्षेत्रमा केही चुनौती वा दबाब आए तापनि धैर्य र संयमताले काम लिनुहोला। मातापिताको आशीर्वाद र मार्गदर्शनले रोकिएका कामहरू सहजै बन्नेछन्। आर्थिक स्थिति सन्तुलित रहनेछ, तर विलासिताका वस्तुमा फजुल खर्च हुन सक्छ। साँझपख मनमा शान्ति मिल्नेछ र पारिवारिक वातावरण सुमधुर बन्नेछ।
कन्या : आफ्नो साहस, हिम्मत र पराक्रमका बलमा कठिन कामहरू पनि सहजै सम्पन्न गर्न सकिनेछ। दाजुभाइ तथा नजिकका साथीभाइबाट अपेक्षा गरेबमोजिम सहयोग प्राप्त हुनेछ। मिडिया, सञ्चार वा प्रविधिसँग जोडिएका व्यवसायीहरूका लागि राम्रो फाइदा हुनेछ। नयाँ कामको थालनी गर्नका लागि समयले पूर्ण साथ दिनेछ। कार्यस्थलमा तपाईँको मिहिनेत र क्षमताको प्रशंसा हुनेछ। यात्रा गर्दा नयाँ मानिसहरूसँग फलदायी सम्पर्क स्थापित हुनेछ। मनमा नयाँ सोच र ऊर्जाको सञ्चार हुनेछ।
तुला : आर्थिक दृष्टिकोणले आजको दिन निकै लाभदायी रहनेछ, धन सञ्चयमा वृद्धि हुनेछ। मिठो बोली र सौम्य व्यवहारका कारण बिग्रिन लागेका कामहरू पनि सजिलै सुल्झिनेछन्। घरमा कुनै माङ्गलिक कार्य वा उत्सवको माहौल बन्न सक्छ। परिकार र खानपानको शौकिनहरूका लागि स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पुराना लगानीहरूबाट राम्रो प्रतिफल आउन थाल्नेछ। नातेदारहरूसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। व्यवसाय विस्तारका लागि नयाँ वित्तीय योजनाहरू बनाउन सकिनेछ।
वृश्चिक : तपाईँको मान-प्रतिष्ठा र व्यक्तित्वमा नयाँ आकर्षण थपिनेछ। नयाँ सोच, योजना वा परियोजनाहरू सुरु गर्नका लागि आजको समय अत्यन्तै उत्तम छ। शारीरिक फुर्ती र मानसिक ताजगीले गर्दा सबै कामहरू समयमै पूरा हुनेछन्। व्यापारमा नयाँ सम्झौता वा ग्राहकहरूसँगको वार्ता सफल हुनेछ। नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ। दीर्घकालीन लाभ हुने क्षेत्रमा पूँजी लगानी गर्ने बाटो खुल्नेछ। आफन्त र सहकर्मीहरूले तपाईँको निर्णयको समर्थन गर्नेछन्।
धनु : आज खर्चको मात्रा अलि बढ्न सक्ने भएकाले बजेट नियन्त्रणमा राख्नुहोला। विदेशसँग सम्बन्धित काम, भिसा वा वैदेशिक व्यापारबाट राम्रो फाइदा मिल्नेछ। अनावश्यक वादविवाद वा अरूको मामिलामा चासो दिँदा समस्यामा परिनेछ, आफ्नै काममा ध्यान दिनुहोला। धार्मिक, आध्यात्मिक वा सामाजिक सेवाका कार्यमा खर्च गर्दा आत्मसन्तुष्टि मिल्नेछ। यात्रा गर्दा बहुमूल्य सामानको हेरचाहमा ध्यान दिनुहोला। धैर्यपूर्वक काम गर्दा दिनको उत्तरार्धमा परिस्थिति अनुकूल बन्दै जानेछ।
मकर : आम्दानीका नयाँ-नयाँ ढोकाहरू खुल्नेछन् र आर्थिक संकटबाट मुक्ति मिल्नेछ। रोकिएको वा अड्किएको धन फिर्ता आउने सम्भावना उच्च छ। साथीभाइ तथा दाजुभाइको सहयोगले ठूला योजनाहरू अघि बढाउन सजिलो हुनेछ। सामाजिक सञ्जाल वा नयाँ सम्पर्कका माध्यमबाट व्यापारमा ठूलो फाइदा पुग्नेछ। लामो समयदेखि मनमा रहेका आकाङ्क्षाहरू पूरा हुँदा मन प्रफुल्लित रहनेछ। लगानी गरिएका क्षेत्रबाट सोचेभन्दा राम्रो प्रतिफल प्राप्त हुनेछ।
कुम्भ : कर्मक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ, नयाँ अवसरहरू ढोका ढक्ढकाउन आउनेछन्। नोकरीमा पदोन्नति, सरुवा वा प्रशंसा पत्र मिल्ने बलियो योग छ। वरिष्ठ अधिकारीहरू र राजनीतिज्ञहरूसँगको सम्बन्ध प्रगाढ बन्नेछ। पिता वा अभिभावकको सहयोगले कठिन निर्णय लिन सहज हुनेछ। व्यवसायमा प्रगति हुनुका साथै नयाँ बजार खोज्न सफलता मिल्नेछ। समाजमा उत्तरदायित्व र मान-सम्मानमा उल्लेख्य वृद्धि हुनेछ।
मीन : भाग्यले पूर्ण रूपमा साथ दिने हुनाले रोकिएका जटिल कामहरू पनि स्वतः सुल्झिनेछन्। धार्मिक स्थलको भ्रमण वा आध्यात्मिक चिन्तनमा रुचि बढ्नेछ। उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरूका लागि नयाँ अध्ययनको अवसर मिल्न सक्छ। गुरुजन वा मार्गदर्शकको सल्लाहले जीवनमा नयाँ बाटो देखाउनेछ। दूरदराजको यात्रा लाभदायक र स्मरणीय रहनेछ। व्यापार व्यवसायमा सोचेभन्दा बढी मुनाफाहरू हात पर्नेछन्। मनमा दया, करुणा र सकारात्मक ऊर्जा कायम रहनेछ।
Tags: आजको राशिफल
ज्यो. पं. सम्राट् गाैतम

ज्यो. पं. सम्राट् गाैतम

इटहरीलाई कर्मथलो बनाएका गौतमले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष विषयमा आचार्य तह स्वर्णपदकसहित उत्तीर्ण गरेका छन् । पूजापाठ, पुराणवाचन तथा ज्योतिष–वास्तु परामर्शमा सक्रिय उनी टाकुरा न्यूजसँग धार्मिक तथा सांस्कृतिक विषयमा आबद्ध हुनेछन् ।

Related Posts

हामी नवौँ वर्षमा [प्रकाशकीय]
FEATURE BREAKING

हामी नवौँ वर्षमा [प्रकाशकीय]

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको उद्देश्यसहित ‘टाकुरा साप्ताहिक’का रूपमा सुरु भएको हाम्रो यात्रा आज नवौँ वर्षमा प्रवेश गरेको छ ।...

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)
धर्म/संस्कृति

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०८३
0

२०८३ भदौ ३१ गते बुधवार सोही अनुसार १६ सेप्टेम्बर २०२६ श्रीशाके १९४८ नेपाल संवत् ११४६ ञलाथ्व दक्षिणायन , वर्षा ऋतु...

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको भाग्य कस्तो छ ?

भदौ २८, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

तपाईँको भाग्य कस्तो रहला आजको दिन ? आजको राशिफल

अशोज १, २०८३
हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३
सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३
झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    955 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन