Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
in खेलकुद, समाचार
0
इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै
52
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।

तालतलैया फुटबल क्लब इटहरी–२ को आयोजनामा हुने प्रतियोगिता इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा असोज १ गते (आज)देखि १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू प्रत्येक दिन दिउँसो ३ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको क्लबले जनाएको छ ।

प्रतियोगितामा माहुली एफसी सप्तरी, डाँडाबजार एफसी धनकुटा, सधैंझिघाट एफसी, पञ्चायन एफसी, कुसुमे साइनिङ क्लब मोरङ, नव युवा क्लब सुकुचर, सतीसाले युवा क्लब केराबारी, फ्युजन एफसी उदयपुर र आयोजक तालतलैया फुटबल क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

वि.सं. २०७२ सालदेखि इटहरीको फुटबल क्षेत्रमा सक्रिय तालतलैया फुटबल क्लबले नियमित प्रशिक्षणमार्फत विभिन्न उमेर समूहका खेलाडी उत्पादन गर्दै आएको छ । क्लबबाट प्रशिक्षित खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेको क्लबका सचिव रोशन भुजेलले बताए ।

क्लबका तीन खेलाडीले नेपालका विभिन्न उमेर समूहका राष्ट्रिय टोलीबाट समेत प्रतिनिधित्व गरिसकेको जनाइएको छ । फुटबलको विकाससँगै युवामा अनुशासन, नेतृत्व क्षमता, खेल भावना र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले क्लबले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

क्लबले प्रतियोगिता सफल बनाउन सरकारी निकाय, व्यावसायिक प्रतिष्ठान, प्रायोजक, सञ्चारमाध्यम, खेलप्रेमी तथा स्थानीय समुदायबाट सहयोगको अपेक्षा गरेको छ ।

Tags: #खेलकुदतालतलैयातालतलैया फुटबल क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–८ भोजपुरे टोलबाट प्रहरीले १५.९७ ग्राम ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बिक्री–वितरण भइरहेको...

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण
कला साहित्य

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : विश्व आदर्श एकेडेमीअन्तर्गतको साहित्य संस्था ‘विश्व आदर्श साहित्य संघ’का पूर्व अध्यक्ष तथा नेपाल ल क्याम्पसमा बीए एलएलबी अध्ययनरत...

हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३
सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३
झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गा : भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भदौ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

अशोज १, २०८३
कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

अशोज १, २०८३
इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    955 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन