इटहरी २० तरहराका जनक कार्कीको हृदयघातका कारण मृत्यु भएको छ ।
तरहराको लालीगुराँस टोल बस्ने ४३ बर्षीय कार्कीको आईतबार विहान हृदयघातका कारण मृत्यु भएको हो ।
परिवारजनका अनुसार अचानक मुटु दुख्यो भनेका उनको केहीबेरमै मृत्यु भएको थियो ।
शशस्त्र प्रहरी बल नेपालका पूर्व हवल्दार समेत रहेका उनी तरहरामा ब्यापार ब्यवसाय गर्दै आएका थिए ।
कार्कीको आजै इटहरीको बुढीगंगा जमुना घाट इटहरीमा अन्त्यष्टि गरिएको छ ।














Discussion about this post