Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

गुर्जोले निको नभएको इटहरी

समाचार टिप्पणी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २७, २०७७
in टाकुरा विशेष, समाचार
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
334
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो छ । संक्रमित बढेसँगै निको हुनेको संख्या पनि उत्तिकै छ ।

स्थानीय सरकारले गर्ने गरेको फेसबुके व्यवहारले आम मानिसलाई त राम्रै सन्देश गएको जस्तो देखिन्छ, सामाजिक सञ्जालमा । तर, पछिल्लो समय कोरोना संक्रमितलाई सरकारले चासो नदेखाउदा कस्तो सन्देश जान्छ ? कुरो सुरु गरौँ इटहरी सरकारकै ।

इटहरीमा पनि कोरोना भाइरस समूदाय स्तरमा फैलिएको छ । हरेक दिनजसो नगरबासीले ज्यान गुमाइरहेका पनि छन् । तर हालसम्म यसको विवरण नहुँदा इटहरी सरकार कतै गुर्जो खोज्नमा मात्रै रुमल्लिईरहेको त छैन भन्ने हेक्का हुन्छ । पटक–पटक नगरबासीले नगरमा भएका कोरोना संक्रमितको संख्या, निको भएकाको संख्या र मृत्यु हुनेको संख्याको विवरण मागेपनि यसको विवरण दिन सकेको छैन ।

इटहरी उपमहानगरका जिम्मेवार प्रतिनिधि गुर्जो खोज्नमा मात्रै व्यस्त देखिईरहेको अवस्था छ ।

कोरोना नियन्त्रणमा पाँच करोड रुपैँया खर्च गरेको इटहरी सरकार गुर्जो खोज्न मात्र तल्लिन देखिएकाले फेसबुके जनता त खुशी होलान् । उता, संक्रमितको बारेमा अलिकति हेक्का राख्नुपर्दैन ? नगरबासीले प्रश्न गर्न थालिसकेको अवस्था छ ।

हाम्रा प्रमुख द्धारिकलाल चौधरी ज्यू त बेला–बेला पत्रकारलाई गाली गर्न मात्रै झुल्किनुहुन्छ, उहाँको के कुरा भयो र ?

उपप्रमुख ज्यू भने कहाँ–कहाँ पुगेर फेसबुके चर्चा कमाउन व्यस्त हुनुहुन्छ । को मानिसलाई म्यासेन्जरमा म्यासेज लेखेर ‘यी मानिसलाई चाहिँ यो–यो कुरा लेखेर ठोक्नुहोस् भन्दै स्टाटस लेख्न सिकाईरहनुभएको छ ।’ ठ्याक्कै थाहा छैन । खैर, नगरबासी भने आज रोगसँग लडिरहँदा हाम्रो इटहरी सरकार कहाँ छ भन्ने दिन आएको अवस्था छ ।

तर, सरकार फेसबुके चर्चामा व्यस्त देखिनुले कस्को के लाग्छ र ?

विभिन्न बहानामा, विभिन्न कारण देखाएर उपमहानगरपालिकाका सबै सेवा बन्द गरेर समृद्धि खोजिरहेको इटहरी सरकारलाई सर्वसाधारण मानिसले प्रश्न गर्न थालिसकेका छन् – ‘कहिले केही दर्जन केरा बोकेर, कहिले जमरा बोकेर, कहिले गुर्जो बोकेर फोटो खिचेर फेसबुकमा देखाउँदै समृद्धि आउला ? अहो ! सस्तो लोकप्रियताको पछि कुद्ने इटहरी गुर्जोले हुन सकेन ।’

संक्रमण न्यूनीकरणका लागि शून्य काम गरेको इटहरी सरकार र यहाँकी उपपम्रुख ज्यू ले कहिले जनतालाई त कहिले सिडिओलाई दोष देखाउँदै कोरोना फैलिएकोप्रति चिन्ता व्यक्त गर्दै आउनुभएको छ ।

उहाँको फेसबुके चिन्ता हेर्दा उपप्रमुख ज्यू जत्तिको विकासशील नेता को नै छ र भन्ने पनि लाग्छ ।

गुर्जोले निको नभएको इटहरीलाई होइन, अब इटहरी सरकालाई नै पो गुर्जो खुवाउने हो कि ?

थोरै भिन्न प्रसंगमा प्रवेश गरौँ । असहाय, अशक्त, गरीब जनता भोक र शोकमा डुबेका छन् ।

तर, चाडबाडको नाममा फितलो बजार अनुगमन गरेर सस्तो लोकप्रियता कमाउने इटहरी सरकारका जिम्मेवार व्यक्तिलाई आज केही कुरा लेख्नै मन लागेको छ । कि, बजारमा अहिले पनि हेर्ने हो भने म्याद गुज्रेका सामान व्यापक पाइन्छन् । अहिले पनि बजारमा कालोबजारी चलिरहेको छ ।

तर, इटहरी सरकार भने फेसबुकमा फोटो पोष्ट गर्न मात्रै व्यस्त छ । ‘वाह’ कमेन्टको पर्खाइमा मात्रै छ ।

भागबण्डा र कमिसनको चक्करमा रुमलिएको इटहरी सरकारका जिम्मेवार निकायलाई बाँकी धेरै कुरा भन्न मन थियो । तर, किनकिन अहिलेलाई भने यत्तिमै बिट मार्नुपर्यो ।

गुर्जोले निको नभएको इटहरीबासीलाई होइन, अब हाम्रो सरकारलाई भगवानले सद्बुद्धि दिउन् ।

यो पनि – इटहरीकी उपमेयरलाई संक्रमितको प्रश्न : कोरोना पोजेटिभलाई गोली ठोक्ने आदेश दिनुहोस् दिदी !

यो पनि – पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित १ स्वास्थ्य शाखा प्रमुख भन्छन्, परीक्षण गर्नुको औचित्य छैन

यो पनि –इटहरीका संक्रमितको पीडादायी कथा स् ‘घर छैन भने रुखको छहारीमा बस्नु, आइसोलेसन नजानुहोस्’ (भिडियोसहित)

यो पनि –कोरोना नियन्त्रणमा ५ करोड खर्च गरेको इटहरीमा निको भएका संक्रमितको डाटा छैन

Tags: #इटहरी#लक्ष्मी गौतम #इटहरी उपमहानगरपालिकाटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : तेह्रथुम र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटल अगाडि...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.