इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले तीन दिन अगाडि एउटा फोटोमा शुभकामना लेख्दै सामाजिक सञ्जालमा पोष्ट गरिन् ।
उक्त फोटोको कमेन्टमा थुप्रै अन्य शुभकामनाहरु आए । तर, एउटा कमेन्टले भने धेरैको मन छोयो । अहिले सामाजिक सञ्जालमा पनि उक्त कुराको चर्चा चलिरहेको छ ।
इटहरीका कृष्ण काफ्लेले कमेन्टमा लेखेका छन् – ‘कोरोना पोजेटिभलाई गोली ठोक्ने आदेश दिनुहोस् दिदी । अनि दशैँको शुभकामना बाढ्दै राम्रो ।’
उनले संक्रमितहरुलाई स्थानीय प्रशासनले घृणित नजरले हेर्ने गरेको र प्रशासनले गर्ने अमानवीय व्यवहारले आँफू आजित भएको भन्दै कमेन्टमा लेखका छन् – ‘हजुरहरुको कार्यकाल सफल बनोस्, आखिर मर्ने सबै मजदूर न हुन् ।’
उनले जनता नै जसरी पर्ने मर्ने भएकाले प्रशासनको उर्दीलाई मान्नुपर्ने बाध्यतामा रहेको उदृत गरेका छन् ।
केही समयअगाडि मात्रै इटहरी आइसोलेसनमा बसेका संक्रमितहरुले पीडादायी क्षण बिताउनुपरेको कुरा टाकुरान्यूजले बाहिर ल्याएको थियो ।
संक्रमितहरुले इटहरीका जनप्रतिनिधिले सामाजिक सञ्जालमा सस्तो प्रचारबाजीमा लागेको आरोप लगाउँदै संक्रमितहरुलाई तल्लो स्तरमा हेर्ने गरेको बताउँदै आएका छन् ।
यो पनि – इटहरीका कोरोना संक्रमितको गुनासो स् ‘आइसोलेसनमा भेडा बाख्रा थुनेजस्तो छ’
यो पनि – इटहरीकी उपमेयर लक्ष्मी गौतममाथि बौद्धिकताको प्रश्न चिह्न ?
यो पनि – कोरोना नियन्त्रणमा ५ करोड खर्च गरेको इटहरीमा निको भएका संक्रमितको डाटा छैन
Discussion about this post