बसको ठक्करबाट सुन्दरहरैँचामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहान सुन्दरहरैँचा नगरपालिका– ८ सलकपुर स्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश नं १. ०१–००१ ख ३४१० नम्बरको बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सुन्दरहरैँचा नगरपालिका ७ का ४० वर्षीय बिजेस लिम्बुको गम्भिर घाइते भएका थिए ।
घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटना पश्चात ठक्कर दिने बस र चालक झापा जिल्ला कन्काई नगरपालिका १ का २९ बर्षीय बाबुलाल उरावलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



















Discussion about this post