Tuesday, June 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

दश वर्षे अमरत्र्य, जो दैनिक ४० किलोमिटर साइकल चलाउँछन्

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
मंसिर २७, २०७७
in टाकुरा विशेष, समाचार
0
दश वर्षे अमरत्र्य, जो दैनिक ४० किलोमिटर साइकल चलाउँछन्
295
SHARES
Share on FacebookShare on Twitter

इटहरी : हँसिलो र गहुँगोरो अनुहार । इटहरीदेखि उत्तर तरहरा, धरानसम्म विहानको चिसोमा दैनिक साइकल चलाउँदै आइपुग्छन् एकजना बालक । न जाडो, न घाम, न पानी । उनको दैनिकी साइकलको चक्कासँगै घुमिरेहको हुन्छ ।

उनी हुन् विराटनगर घर भएका इटहरी निवासी अमरत्र्य शर्मा । उमेरले दश वर्ष मात्रै पुगेका उनले दुई वर्षको उमेरदेखि नै साइकल चलाउँन सुरु गरे ।

‘दुई वर्षको हुँदादेखि नै साइकल चलाउँन थालेको हुँ,’ उनले सुनाए, ‘म बा को फोटो हेरेर, बा सँगै साइक्लिङ गर्न थालेको हुँ ।’ उमेरले बचपन नै भएपनि उनमा साइक्लिङ गर्दाको अनुभव बुढापाकाको भन्दा कम छैन ।

कहिले इटहरीदेखि कान्छीचौक हुँदै चतरासम्म त कहिले धरानसम्म साइकलमा आफ्ना बा, आमासँग पुग्छन् ।

‘आफैँले साइक्लिङ गरेर मोरङको लेटाङ हुँदै धरानको पानमारासम्म पनि निस्किएको छु,’ उनले टाकुरासँग भने, ‘मेरो सानैदेखिको सोख नै साइकल चलाउने थियो ।’ उनले आँफूले दीर्घकालीन समयसम्म साइकल नै चलाउने बताए ।

कक्षा पाँचमा अध्ययन गर्दै गरेका अमरत्र्य दैनिक ४० किलोमिटरसम्म साइकल चलाउँछन् । उनी भन्छन्, ‘मलाई साइकल चलाउँदा जस्तो मज्जा अरु केहीमा पनि हुँदैन, म साइकलमा जहिँ पनि पुग्छु जस्तो लाग्छ ।’ उनले आँफूलाई साइकल चलाउँदा जत्तिको रमाइलो अरु कुनै काम गर्दा पनि नहुँने तर्क गरे ।

पछिल्लो समय प्रविधिले फड्को मार्दै गएको छ । यसै सन्र्दभमा कतिपय बालबालिकाहरुलाई प्रविधिले सकारात्मक बाटोमा लम्किन पनि उत्प्रेरित गरेको छ भने कतिपय अवस्थामा इन्टरनेटको दुरुपयोगका कारण धेरैजसो बालबालिका सानै उमेरदेखि डिप्रेसनमा पर्दै आएको कुरा पनि विद्यमान छ ।

तर, अमरत्र्य भने आँफूलाई मोबाइलमा ग्याम खेल्न वा इन्टरनेट प्रयोगमा मात्रै केन्द्रित हुनुभन्दा अलिक पर रहेर साइक्लिङ गर्दै आएका छन् । साइक्लिङ गर्दा दैनिक कार्बनडाइअक्साइड पनि उत्पादन नहुने र शरीर पनि फुर्तिलो हुने गरेकाले पछिल्लो समय केटाकेटीदेखि वयस्क उमेरकाले पनि साइक्लिङ गर्दै आएका छन् ।

केही साता अगाडिमात्रै पश्चिम महाकालीदेखि पूर्वी नेपालको इलामसम्म साइक्लिङमा आएका विश्व साइकलयात्री पुष्कर शाहसँग धरानदेखि विराटनगरसम्म अमरत्र्य सँगै साइक्लिङ गए ।

करीब ४५ किलोमिटर दूरी पार गरेका उनलाई अझै पनि साइकल चलाउँन मन थियो, तर रात भइसकेकाले त्यसदिन उनले त्यतिमै आफ्नो दैनिकी बिट मारे । उनी दिउँसोको मध्य घाममा निरन्तर साइक्लिङ गर्दा महाकालीदेखि आएका साइकलयात्रीले उनको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कहिलेकाहीँ अन्य समयमा विराटनगरमा आफ्नो परिवारलाई भेट्न जानुपरेमा पनि साइक्लिङ नै प्रयोग गर्दै आएका छन् ।

‘हामीले हरेक दिन घरदेखि काममा जादाँ मात्रै पनि साइकल चलाउँने हो भने हरेक कुरामा फाइदा हुन्छ,’ विश्व साइकल यात्री पुष्कर शाहले भनेको कुरा सम्झदैँ अमरत्र्य भन्छन्, ‘पुष्कर अंकलले भनेजस्तै हामी भोलिका दिनमा डाक्टरकोमा उपचार गर्न जान नपरोस् भन्नका लागि पनि साइक्लिङ गर्नु आवश्यक छ ।’

विश्व साइकलयात्री शाहले केही दिन अगाडि इटहरी आएर एक कार्यक्रमका बीच भनेका थिए , ‘दैनिक साइकल चलाउँदा पेट्रोल पनि आवश्यक नपर्ने भएका कारण कार्बनडाइअक्साइड उत्पादन हुँदैन, त्यसकारण पनि जीवन सहज हुन्छ ।’

उनले दैनिक साइकल चलाउँदा व्यायाम हुने भएकाले भएकाले स्वास्थ्य सहज हुने तर्क गरेका थिए । स्वास्थ्य सहज भएको अवस्थामा दीर्घकालमा स्वास्थ्य चौकी पनि जान नपर्ने उनको भनाई थियो ।

शाहको तर्कप्रति अमरत्र्य सकारात्मक रहँदै आँफूपनि कुनैदिन नेपाल भ्रमण साइकलबाटै गर्ने लक्ष्य लिएका छन् ।

अमरत्र्य जस्तै कलिलो उमेरका बालबालिकाहरु पछिल्लो समय इन्टरनेटमा मात्रै व्यस्त रहेका छन् ।

इन्टरनेटको सदुपयोगले भने आम मानिसलाई धेरै सकारात्मक बाटोमा पहिल्याउन सहज भएको छ । तर, यसको दुरुपयोगका कारण नकारात्मक कुरामा मात्रै केन्द्रित हुने गरेको पनि पाइन्छ ।

अमरत्र्य जस्तै अन्य अमरत्र्यहरुले दैनिक साइक्लिङ गरेमा स्वास्थ्य सहज सँगै सृजनशील हुने अनुमान गर्न सकिन्छ ।

Tags: #इटहरी#साइक्लिङटाकुरा विशेष
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा
समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

धनकुटा : धनकुटा प्रहरीले कोशी लोकमार्गबाट ७७५ केजी गाँजासहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो
समाचार

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली...

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

जेनजी आन्दोलनपछि रोकिएको ७९ जना स्वकीय सचिवको पारिश्रमिक दिन कोशी सरकारको निर्णय

असार १५, २०८३
खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

असार १५, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

असार १५, २०८३
अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    741 shares
    Share 296 Tweet 185
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.