मोरङको पथरी शनिश्चरे नगरपालिका १० सिविरडाँडामा शनिवार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक रतुवामाई नगरपालिका १० का ५२ बर्षीय सन्त बहादुर आले मगरको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका मोटरसाईकलको पछाडि सवार रहेका ४५ बर्षीय शुक्ल मुर्मुको पथरी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।



















Discussion about this post