मोरङको कानेपोखरी गाउँपालिका–७ मा मंगलबार साँझ ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
जहदा मोडस्थित कानेपोखरी–रंगेली सडक खण्डमा रंगेलीतर्फ जाँदै गरेको को १ त ६९९७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको को १७ प ४८४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कानेपोखरी–४ का ३३ वर्षीय रोशन गुरुङको ज्यान गएको छ ।प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका रोशनको उपचारका क्रममा पथरी अस्पतालमा बेलुका मृत्यु भएको छ ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३७ वर्षीय राजकुमार तामाङ घाइते भएका छन् । उनको पथरी अस्पतालमै उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्टर तथा सवारी चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा थप अनुसन्धान थालिएको जनाएको छ ।



















Discussion about this post