भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ ।
किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको हो ।
गुडिरहेको ट्रक एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएर मजदुर सुतिरहेको फुटपाथमा पुगेको थियो ।
स्थानीय प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए ।













Discussion about this post