इटहरी : इटहरी उपमहानगरपालिकाले उपमहानगरभित्रका स्कुल, कलेज, अस्पताल बसपार्क तथा सार्वजनिक स्थलमा सूर्तिजन्य तथा मदिराजन्य वस्तुको बिक्री वितरण गर्न नपाउने नियम लागू गर्ने भएको छ ।
इटहरी उपमहानगरको १ सय २२ औँ कार्यपालिका बैठकमा बुधबार नगरप्रमुख हेमकर्ण पौडेलले राखेको सार्वजनिक स्थलमा सूर्तिजन्य र मदिराजन्य पदार्थ बिक्री गर्न र सेवन गर्न प्रतिबन्ध गर्ने प्रस्ताव कार्यपालिका सदस्यले सर्वसम्मत पास गरेका हुन् ।
कार्यपालिकाबाट पास भएपछि कार्यविधि बन्ने र सोपश्चात् कडाइका साथ सूर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थको बिक्री वितरणको अनुगमन गरिने नगरप्रमुखले बताएका छन् ।
स्कुल, कलेजको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थ र मदिरा जन्य पदार्थको बिक्रीवितरण गर्न नपाउने संघीय कानून भएता पनि त्यसमा सार्वजनिकस्थल र बसपार्क समेत थप गरेर इटहरी उपमहानगरले यो प्रस्ताव पारित गराएको हो ।














Discussion about this post