Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘आन्तरिक व्यवस्थापनमै ६ महिना बित्यो, अब ठोस निर्णयमा पुगेर काम गर्छौँ’ : मेयर हेमकर्ण पौडेल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १९, २०७९
in समाचार
0
‘आन्तरिक व्यवस्थापनमै ६ महिना बित्यो, अब ठोस निर्णयमा पुगेर काम गर्छौँ’ : मेयर हेमकर्ण पौडेल
224
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आँफू निर्वाचित भएर आएको ६ महिनासम्म आन्तरिक व्यवस्थापनमै समय बितेको र आगामी दिनमा ठोस निर्णयमा पुगेर काम गर्ने बताएका छन् ।

सोमबार (आज) इटहरी उपमहानगर परिसरमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मेयर पौडेलले आगामी दिनमा आँफू ठोस निर्णयमा पुगेर नगरबासीको हितमा सकारात्मक काम गर्ने बताएका हुन् ।

‘हामीलाई आन्तरिक व्यवस्थापनका लागि ६ महिना लाग्यो, अब कसैप्रति पनि आग्रह, पूर्वाग्रहमा नलागी ठोस निर्णयमा पुगेर काम गर्छौँ,’ मेयर पौडेलले भने, ‘अहिले हामीले कल सेन्टरमार्फत जनताका गुनासा र समस्या सुन्ने गरिरहेका छौँ, जसले गर्दा जनतासँग प्रत्यक्ष जोडिएर समस्या बुझिरहेका छौँ ।’

उनले इटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधानका निम्ति एसियाली विकास बैँकले लगानी गर्न लागेको समेत स्मरण गराए ।

उनका अनुसार एसियाली विकास बैँकले इटहरीको बाढी समस्या समाधान गर्नका लागि साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

‘ट्याङ्ग्रा खोलालाई बूढीखोलामा डाइभर्सन गराइने तयारी अगाडि बढाइएको छ,’ उनले भने, ‘बाढीले मानवीय र भौतिक क्षति हुने समस्या समाधान गर्न हामी गम्भीर छौँ ।’ उनले इटहरीलाई भ्रष्टाचारमुक्त बनाउन पनि आँफू प्रतिबद्व रहेको बताए ।

‘मिडियामा बोलेर, ठूलो स्वर गरेर नगर भ्रष्टाचारमुक्त हुन सक्दैन, तसर्थ स–साना कामकै कारण पनि भ्रष्टाचारमुक्त नगर बनाउन प्रतिबद्व छु,’ उनले भने, ‘जनताको हितका निम्ति कठोर बन्नुपर्छ भनेपनि त्यसका लागि तयार छु ।’ उनले आँफू निर्वाचित भएर आइकन गरेका कामबारे पनि जानकारी गराएका थिए ।

कार्यक्रममा उपस्थित पत्रकारहरूले इटहरीको दीर्घकालीन विकासका निम्ति उपमहानगरले गर्नुपर्ने कामबारे सुझाव दिएका थिए ।

 

Tags: #इटहरी उपमहानगरपालिकाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.