इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ३ को सुनौलो टोलमा सात परिवारका २५ जना बिरामी भएपछि त्यो क्षेत्र सिल गरिएको छ । इटहरी ३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले पुष्टि गरेकी छन् ।
टोलमै गएर एन्टिजिन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । समुदायमा गएर ९ जनाको एन्टिजिन विधिबाट परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको उपमेयर गौतमले जानकारी दिइन् । उनका अनुसार बढी प्रभावितहरु परिक्षण गर्न नमानेर घर भित्रबाट ननिस्किए पछि ९ जनाको परिक्षण गरिएको हो ।
पीसीआर परीक्षणका लागि उपमहानगरपालिकाले बोलाएको भएपनि कोहि नआएपछि आज स्वास्थ्यकर्मीको टोलीले समुदायमै पुगेर एन्टिजिन परीक्षण गरिएको गौतमले बताइन् । परीक्षण गरिएका मध्ये ७ मा एन्टिजिन परीक्षणबाट संक्रमण पुष्टि भएको छ ।
एन्टिजिन परीक्षणलाइ विश्व स्वास्थ्य संगठनले कोरोना परीक्षणको मान्यता दिएको छ । गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भएपछि आजैबाट सुनौलो टोल सिल गर्ने निर्णय गरिएको छ ।
यो पनि – इटहरीमा एकै टोलमा सात घरका २५ जना बिरामी, ४ जनाको पीसीआर परीक्षण
Discussion about this post