इटहरी : इटहरीमा आफनो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन् ।
इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि सुरु निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्वर २ का ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले शिविरको उद्घाटन गरेकी थिईन् ।
वडाध्यक्ष हर्क मगर र करुणा फाउण्डेसनकी सुनसरी संयोजक सगुन गुरुङले स्वास्थ्य शिविरका बारेमा प्रष्ट्याएका थिए ।
डा. गुञ्जन त्रिताल, डा. उपासना पोखरेल, अडियोलोजिष्ट स्पिचथेरापिष्ट रमेश चौधरी लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा अपाङ्गता परिचयपत्र नलिएका ५४ जनाको सूचीकरण गरिएको छ ।
इटहरीमा माघ १८ देखि २६ गते सम्म अपाङ्गता भएकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।














Discussion about this post