धरान : प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन र सभा गर्दैछ ।
सुनसरीको धरानमा पनि कांग्रेसले विरोध प्रदर्शन र सभा गर्ने भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला आउने कार्यक्रम रहेको छ । त्यस्तै, केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि विरोधसभालाई सम्बोधन गर्न धरान आउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस केन्द्रीय समितिले घोषणा गरेको कार्यक्रम अनुसार धरानमा विरोध सभा हुने भएको हो । आज (सोमबार) बिहान साढे ११ बजे छाताचौकमा भेला भएर धरान नगरपरिक्रमा सहित विरोधसभा सुरु हुने कार्यक्रम तय भएको छ ।
नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलका अनुसार विरोधसभामा नेता डा. कोइरालासहित एक दर्जन भन्दा बढी नेताहरुले सम्बोधन गर्नेछन् ।
Discussion about this post