इटहरी (डेस्क) : सुनसरीको धरानमा शुक्रबारदेखि दुईदिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।
पूर्वका श्रष्टाहरुलाई नेपाल र छिमेकी मुलुकका अग्रज र समकालिन साहित्यकार तथा कलाकारबीच अन्तरक्रियात्मक जमघट गराउने उद्देश्यले साहित्य र संस्कृतिको महोत्सव गर्न लागिएको हो ।
प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा वडा नम्बर १३ ले आयोजना गर्ने महोत्वसमा भारतका मणिपुर, सिक्किम, सिलिगुरी, दार्जिलिङ, आसाम लगायतबाट ५० जना नेपाली भाषी साहित्यकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
महोत्सव संयोजक साहित्यकार बम देवानका अनुसार साहित्यकारहरु कला र संस्कृतिका चेतनाका संवाहक भएकाले छिमेकी मुलुकका नेपाली भाषी साहित्यकारहरुलाई बोलाइएको छ ।



















Discussion about this post