धरान : कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेकाले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्यावश्यक नभइ अस्पताल नआउन सार्वजनिक अपिल गरेको छ ।
कोभिड १९ को महामारीको दोस्रो लहर देशव्यापी फैलिएसँगै प्रतिष्ठानमा दिनानुदिन कोभिड १९ का बिरामीहरु आउने एवम् भर्ना हुने दर बढ्दै गइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले आज सार्वजनिक अपिलमार्फत् जानकारी गराएका छन् ।
साहले प्रतिष्ठानमा सञ्चालित कोभिड १९ अस्पतालमा जटिल किसिमका बिरामीहरु भर्ना भई उपचार गराउनुपर्ने आवश्यकता बढ्दै गइरहेको अपिलमार्फत् बताएका छन् ।
अस्पतालमा कोभिड १९ संक्रमणले जोखिम बढ्दै गइरहेको तथा डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई कोभिड १९ अस्पतालमा खटाउनुपर्ने बाध्यताका कारण नियमित सेवा समेत प्रभावित भई खुम्चँदै जाने अवस्था सिर्जना भएको बताइएको छ ।











Discussion about this post