इटहरी : इटहरीका एक युवालाई बलात्कार गरेको आरोप लागेको छ ।
धरानकी एक युवतीलाई इटहरी ४ का रोशन मगरले बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार युवतीले आँफूलाई बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएकी हुन् । युवतीको उजुरीपछि मगरलाई पक्राउ गरी मुद्धा चलाएको प्रहरीले जनाएको छ ।
यस्तो हो घटना
प्रहरीका अनुसार मगरले धरानकी एक दलित परिवारकी केटीलाई भगाएर विवाह गरेका थिए । तर, मगरका परिवारजनले भने अस्वीकार गरेपछि दलित केटीका परिवारले बलात्कार आरोपमा जाहेरी दिएका हुन् । प्रहरीले दिएको जनाकारी अनुसार ती युवती १२ दिन सम्म केटाको घरमै बसेकी थिईन् । पछि घरपरिवारसँग कुरा नमिलेपछि सो घटना बाहिरिएको हो ।
सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित
धरान : सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धरानस्थित श्री पिण्डेश्वर बाबाधाम समितिले यस वर्षको बोलबम...











Discussion about this post