इटहरी : इटहरीका एक युवालाई बलात्कार गरेको आरोप लागेको छ ।
धरानकी एक युवतीलाई इटहरी ४ का रोशन मगरले बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार युवतीले आँफूलाई बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएकी हुन् । युवतीको उजुरीपछि मगरलाई पक्राउ गरी मुद्धा चलाएको प्रहरीले जनाएको छ ।
यस्तो हो घटना
प्रहरीका अनुसार मगरले धरानकी एक दलित परिवारकी केटीलाई भगाएर विवाह गरेका थिए । तर, मगरका परिवारजनले भने अस्वीकार गरेपछि दलित केटीका परिवारले बलात्कार आरोपमा जाहेरी दिएका हुन् । प्रहरीले दिएको जनाकारी अनुसार ती युवती १२ दिन सम्म केटाको घरमै बसेकी थिईन् । पछि घरपरिवारसँग कुरा नमिलेपछि सो घटना बाहिरिएको हो ।
एमाले सुनसरीको अधिवेशन जेठ ५ देखि ७ गतेसम्म
इटहरी : नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको ८ ओैं जिल्ला अधिवेशन जेठ ५ देखि ७ गतेसम्म इटहरीमा हुने भएको छ।...
Discussion about this post