Sunday, September 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी, धरान र इनरुवामा सेना परिचालन, लकडाउन कडा बनाइने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १, २०७८
in समाचार
0
इटहरी, धरान र इनरुवामा सेना परिचालन, लकडाउन कडा बनाइने

तस्वीर : गुगल ।

559
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी समेत बन्द गर्ने निर्णय गरेसँगै शनिबारदेखि सेना परिचालन गरिएको हो ।

कोरोनाको भयावह स्थिति रहेकाले सुनसरीको इटहरी, धरान र इनरुवामा सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ‘हामीले सुरक्षाका लागि मात्रै नभई महामारी नियन्त्रणका लागि सेना परिचालन गरेका हौँ,’ उनले भने, ‘कोभिड विपद्को रुपमा आइपरेको छ, विपद्को घडीमा सेनाको आवश्यकता परेर परिचालन गरेका हौँ ।’

ढकालका अनुसार विशेषगरेर इटहरी, धरान र इनरुवा क्षेत्रमा बढी संख्यामा र अन्य क्षेत्रमा पनि आवश्यकताअनुसार सेनालाई प्रयोग गरिनेछ ।

‘यति संख्यामै सेना परिचालन गरियो भन्ने छैन, तर महामारी नियन्त्रणका लागि भनेर आवश्यकता अनुसार संख्या थप्दै जानपनि सकिन्छ,’ ढकालले फोन सम्पर्कमा टाकुरासँग भने, ‘सुनसरीमा कोरोनाको जोखिम छ, भोलिका दिनमा थप समस्या नआओस् भन्नका लागि सेना परिचालन गरिएको हो ।’ उनका अनुसार जिल्लामा दैनिक रुपमा संक्रमित र मृत्युको संख्या बढ्दै गएकाले सचेत र नियन्त्रणका लागि सेना परिचालन गरिएको हो ।

ढकालले भने, ‘पूर्वको केन्द्रबिन्दु इटहरी र धरानजस्ता सहरमा कोरोनाको जोखिम ज्यादै भएकाले भोलिका दिनमा थप समस्या नआओस् भनेर नियन्त्रणको प्रयास गरिएको हो ।’

सुनसरी जिल्ला भारतीय सीमानालाई छोएको जिल्ला भएका कारण पनि कोरोनाको जोखिमका रुपमा लिइन्छ । तर, अहिले चौतर्फी रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको ढकालले बताए । खटिएका सेनाले लडकाउन कडा बनाउन र विभिन्न क्षेत्रमा निर्माण भएका आइसोलेसन सेन्टरमा सुरक्षा र निगरानी गर्ने ढकालले बताए ।

प्रदेश १ नं. को सुनसरी, मोरङ र झापा कोरोनाको उच्च जोखिममा छ । यसैबीच आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि यी तीन जिल्लामा लकडाउनलाई थप प्रभावकारी र कडा बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

तीनै जिल्लामा कोरोनाको दोस्रो भेरियन्टको सङ्क्रमण र मृत्युदर बढ्न सक्ने पूर्वानुमान गर्दै एकै प्रकृतिको निषेधाज्ञा कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञा आदेशलाई उल्लङ्घन गर्ने व्यक्ति उपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । यो ऐन अन्तर्गत काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

यो पनि – इटहरीमा आज विहानैदेखि लकडाउन कडा, डीएसपी भन्छन्, ‘अटेर गर्नेलाई कारबाही गर्छौँ’

यो पनि – सुनसरीमा आज रातिदेखि पूर्ण लकडाउन

यो पनि – सुनसरीमा २१ देखि ३० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी संक्रमित, सक्रिय संक्रमित दुई हजार

यो पनि – सुनसरीमा माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्ने निर्णय

यो पनि – सुनसरी जिल्लाभर जेठ १५ गतेसम्म लकडाउन (सूचनासहित)

यो पनि – इटहरीमा निषेधाज्ञाको अवधि थपियो, औषधी पसल बाहेक सबै व्यापार बन्द (सूचनासहित)

यो पनि – इटहरी आउनेलाई बुढीखोला पुलमा कडाई, प्रवेशमा पूर्ण रोक (तस्वीरहरुसहित)

यो पनि – होटलको विषयमा सुनसरी प्रशासनले निर्णय सच्यायो (निर्णयसहित)

यो पनि – कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा सुनसरीसहित पूर्वका तीन जिल्ला (सूचीसहित)

यो पनि – सुनसरीमा शुक्रबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय

यो पनि – इटहरीमा निषेधाज्ञा उल्लंघन गर्ने ४५ जना व्यवसायी नियन्त्रणमा

यो पनि – इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो

Tags: #लकडाउनसेना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.