Tuesday, July 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

लकडाउनमा ६ लेन सडक धमाधम निर्माण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०७८
in टाकुरा विशेष, समाचार
0
लकडाउनमा ६ लेन सडक धमाधम निर्माण
6.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : रानी–विराटनगर–इटहरी–तरहरा–धरानसम्मको ६ लेन सडक लकडाउनकाबीच पनि तीव्र रुपमा विस्तार भइरहेको छ ।

सडक विस्तार आयोजनाले हाल इटहरीको मुख्य चौक आसपास, हलगडा तथा तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्म निर्माणको कामलाई तीव्रता दिएको हो । लकडाउनका बीच काम गर्न सहज हुने भएकाले कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख बद्रीप्रसाद शर्माका अनुसार अहिले इटहरीको विराटनगर लाइनमा ड्रेनको काम भइरहेको छ । त्यस्तै, अन्यत्र ठाउँमा भने पिँचको काम धमाधम निर्माण भइरहेको छ । ‘पुरानो ठेक्का लागेका ठाउँमा अहिले पिँचको काम गरिरहेका छौँ,’ शर्माले भने, ‘नयाँ ठेक्का लागेका ठाउँमा माटो पुर्ने काम भइरहेको छ ।’

उनका अुनसार काम गर्न सहज भएपनि निर्माणका सामाग्री आवतजावत र मानिसहरु हिँडडुल गर्न नपाउँदा भने समस्या भइरहेको छ । उनले टाकुरासँग भने, ‘सार्वजनिक गाडी नचल्दा काम गर्न त केहीहदसम्म सहज छ, तर निर्माणका सामाग्री र मजदुरहरु पनि हिँडडुल गर्न नपाउँदा अर्को समस्या पनि छ ।’ पुरानो लागेका सबै ठेक्काका काम यही असार मसान्तभित्र सक्नुपर्नेगरी सम्झौता भएपनि निर्माणमा केही बाधा हुने उनले बताए ।

‘विवाद भएका ठाउँमा अहिले पनि विवाद कायमै छ, सम्झौता अनुसार अहिले विभिन्न ठाउँमा १५ र २५ फुटको काम गरिराखेका छौँ,’ शर्माले भने, ‘असारसम्म मोटामोटी पिँच निर्माणको काम सकिन्छ, विवाद भएका ठाउँमा अहिले पनि उस्तै छ, हाम्रोपनि काम चाडैँ सक्ने योजना छ ।’

उनका अनुसार तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्म भने चारकोश क्षेत्रमा चारलेनको मात्रै सडक निर्माण हुनेछ । चारकोशे क्षेत्रमा बस्ती नभएकाले फुटपाथ नहुने भएकाले चारलेन मात्रै निर्माण हुनेगरी ठेक्का लागेर काम सुरु भएको शर्माले जानकारी दिए ।

६ लेन सडक आयोजना अन्तर्गत सुनसरीको दुहबीदेखि तरहरासम्म ४ सय ५ वटा घर भत्काउनु पर्ने उनले बताए ।

उनका अनुसार इटहरी क्षेत्रमा १ सय ९७ र दुहबी क्षेत्रमा २ सय ८ वटा घर सडकको जग्गामा रहेका छन् । तर, अधिकांश घरधनीले अदालतबाट स्टे अर्डर ल्याएको कारण सडक विस्तार कार्य ठाउँ–ठाउँमा बाधा पुगेको छ । सडकको जग्गाभित्र बनेका भौतिक संरचना बारम्बार हटाउन निर्देशन दिँदा पनि कसैले नटेरेको आयोजनाले जनाएको छ ।

आयोजनाले स्थानीय पालिका तथा वडास्तरमा समेत समन्वय गरेर काम गरिरहेको भए पनि सडक विस्तारमा स्टे–अर्डर आउँदा समस्या भएको उनले बताए ।

Tags: #६ लेन सडक#लकडाउनटाकुरा विशेषनिर्माण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन
FEATURE BREAKING

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरी जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला...

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती
FEATURE BREAKING

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज–३ कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनाको प्रभाव छिमेकी जिल्ला मोरङमा पनि परेको छ। घटनाको विरोधमा मंगलबार...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी नाकाबाट दैनिक औसत २६ विदेशी पर्यटक नेपाल प्रवेश

साउन १२, २०८३

झापामा नयाँ उद्योग दर्ता बढ्यो, राजस्व पनि दुई करोड नाघ्यो

साउन १२, २०८३
धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकले ज्यान जोगाउन सकेनन्

धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकले ज्यान जोगाउन सकेनन्

साउन १२, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा डिजे बजाउन निषेध

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

साउन १२, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

साउन १२, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी नाकाबाट दैनिक औसत २६ विदेशी पर्यटक नेपाल प्रवेश

साउन १२, २०८३

झापामा नयाँ उद्योग दर्ता बढ्यो, राजस्व पनि दुई करोड नाघ्यो

साउन १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.