Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहरामा कहालीलाग्दो घटना : श्रीमान, श्रीमतीको यसरी भयो मृत्यु (विस्तृत विवरणसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०७८
in टाकुरा विशेष, समाचार
0
तरहरामा कहालीलाग्दो घटना : श्रीमान, श्रीमतीको यसरी भयो मृत्यु  (विस्तृत विवरणसहित)
9.9k
SHARES
Share on FacebookShare on Twitter

तरहरा : भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । कुनै मृत्यु यस्तो पनि हुन्छ कि, कहिल्यै नसोचेको कहालीलाग्दो ।

इटहरीमा शनिबार यस्तै कहालीलाग्दो घटना भएको छ ।

शनिबार बिहान इटहरी २० तरहरामा श्रीमान श्रीमती मृत फेला परेका छन् । इटहरी १९ र २० मा पर्ने खार्साला खोलामा श्रीमान, श्रीमती नै मृत फेला परेका हुन् ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार उदयपुरको रौता गाउँपालिका ३ मजौ घर भइ हाल तरहरामा कोठाभाडामा बस्दै आएका २५ वर्षीय हेमशेर राई र २२ वर्षीया शर्मिला राई मृत फेला परेका हुन् ।

‘रातको अन्दाजी ११ बजे स्थानीय खार्साला खोलामा माछा मार्न जाने क्रममा करेन्ट लागेको अनुमान गरिएको छ,’ उनले टाकुरासँग भने, ‘तीन वर्षीया छोरीलाई सुताएर राति खोलामा करेन्ट लगाइ माछा मार्न जाँदा करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

उनका अनुसार शर्मिलाको शरीरमा करेन्ट लागेर नीलडाम छ । मजदुरी गर्दै आएका उनीहरुका तीन वर्षीया छोरी छन् । माछा मार्न जाँदा बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा स्थानीय ।

स्थानीयका अनुसार यहाँको रोयल फर्निचरमा करीब दुई वर्ष अगाडिदेखि काठ ‘मिस्त्री’ को काम गर्दै आएका उनीहरु शुक्रबार अबेलासम्म सुतेका थिएनन् ।

रातको १२ बजेतिर छोरी रुएपछि ब्यूँझिएका स्थानीयले छोरीलाई कोठामा एक्लै भेटेका थिए । तर, रातको समय भएकाले खोजी नगरिएको र यतै कतै होलान् भनेर वास्ता नगरिएको घटनास्थलमा भेटिएका एक स्थानीयले बताए ।

तर, शनिबार बिहान साढे ५ बजे स्थानीय खोलामा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कुमार कटवालका अनुसार एकैठाउँ मृत भेटिएका हेमशेरको शव उत्तरपट्टी र शर्मिलाको दक्षिणपट्टी फेला परेको थियो ।

घटनास्थलमा प्रहरी, स्थानीय जनप्रतिनिधिसहितले मुचुल्का उठाएर उनीहरुको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको कटवालले जनाकारी दिए ।

‘रातको समयमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘मृतकका आफन्त उदयपुरका रहेकाले केटीको दाजुसँग सम्पर्क भएको छ ।’

उनका अनुसार मृतकका आफन्त उदयपुरको रौता ३ मजौमा रहेकाले मृतक शर्मिलाका दाजुसँग सम्पर्क भएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि – तरहरामा श्रीमान, श्रीमती एकैठाउँ मृत फेला

Tags: #तरहराटाकुरा विशेषमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    286 shares
    Share 114 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.