Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

आप्रबासी र सीमानामा अलपत्र नागरिकको समस्या कस्ले सुन्ने !

विशाल रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २५, २०७६
in टाकुरा विशेष, विचार
0
लकडाउनमा घर बसाइको बेला हामीले के पाठ सिक्ने !
270
SHARES
Share on FacebookShare on Twitter

विभिन्न सीप, क्षमता, दक्षता भएका मानिसहरु आफ्नो देश छाडेर जीविकोपावर्जन गर्न र ज्ञान हाँसिल गर्न बिदेश जाने परम्परा विद्यमान छ । बाहिरी देशको श्रम बजारमा प्रवेश गरेर श्रम गरी धेरै पैसा कमाउने अभिलाषा बोकेर दिन प्रति दिन दैनिक पन्ध्र सयको हाराहारीमा नेपालीहरु बाहिरी देशमा श्रम गर्न जान्छन् । उनिहरुको देशमा कुल ग्राहस्र्थ उत्पादनको रेमिट्यान्समा २६.६ प्रतिशत योगदान रहेको छ ।

उनिहरु आफ्नो देशमा कुनै रोजगारीको अवस्था नभएर भएको पनि सन्तोषजनक नभएकाले बाध्यताले आफ्नो अति आवश्यकता परिपूर्ति गर्नको निम्ति बाहिरिने गर्दछन् । देशमा चुनाव हुन्छ, ठूलाठूला भाषण हुन्छन्, रोजगारीका अवसरको बारेमा व्यापक प्रचार हुन्छन्, सरकार गठन राजनैतिक अस्थिरता, सङ्क्रमणको अन्त्य हुन्छ । अब देशको श्रम बजारमा नै रोजगारी हुने झिनो सपना बुन्न थाल्दछन् । परिवारसगँ जे जस्तो भए पनि हाँसिखुसी सुख, दुःख गरेर बसिन्छ भन्ने सोचेर बस्न बाध्य हुन्छन् । स्थायी सरकार गठन भएपछि देशमा नै कलकारखाना उद्योगधन्दा, प्रचुर रोजगारीका अवसर भएपश्चात् क्षमता, दक्षता, सीप प्रर्दशन गरी काम गर्न सकिन्छ भनि ठूलो सपना देख्न बाध्य हुन्छन् ।

न त उनिहरुको सपना साकार हुन्छ न त कलकारखाना उद्योग धन्दा नै खुलिन्छ । र, देखेको सपना तुइएपछि आफ्नो ठूला–ठूला सपना बोकेर विभिन्न कागजपत्र बनाइ साहुसगँ महङ्गो व्याजमा क्रण काढेर रोजगार पठाउने एजेन्ट दलालसगँ कुरा मिलेपछि विदेशिन बाध्य हुन्छन् । कतिलाइ त एजेन्टले भने जस्तो श्रम नदिने र आँफू जाने भनेर सहमति गरेको भन्दा फरक देश पठाउने गर्छन् । यस्ता कुरा दिनादुदिन समाचारमा पढिरहेको कुरा सर्वविधितै रहको छ । यसरी दलाल एजेन्टबाट ठगिएपछि गरिब नेपालीले घरखेत बेच्नुपर्ने बाध्यता हुन्छ । बाहिरी मुलुकको रोजगारीमा जानेको समस्या कति छन् कति यी समस्याको समाधान कस्ले गर्ने ! रोजगारीमा जानेका समस्या न त राज्यले सुन्छ, न त म्यानपावर दलालले नै ।

देशभित्र नै साना तिना व्यवसाय सन्चालन गरेर पैसा कमाउने उद्देश्य राखे पनि सुरक्षाको प्रत्याभूति, दलालको बिगबिगी र बिचैलियाको प्रभावले लगानी भन्दा न्यून रकम दिने र समयमा नै भुक्तानी नदिने जस्ता समस्याले ग्रसित छन् । र, बाध्य भएर आन्दोलन बन्द हड्लात प्रदर्शन जस्ता अधिक क्रियाकलाप आन्दोलन गर्न अग्रसर हुन्छन् । यी यस्ता समस्याको न्युनिकरण भने शून्य नै हुन्छ । पछिल्लो उदाहरण हेर्ने हो भने उखु किसानका समस्या नजिकबाट नियाल्न सकिन्छ ।

आप्रवासी र सीमानामा अलपत्र परेका नागरिकको समस्या कस्ले सुन्ने विश्वमा

कोरोना भाइरस अर्थात् कोभिड १९ जस्ता महामारीका कारणले ग्रसित बनेका नागरिक मरिन्छ कि, बाचिन्छ परिवारसगँ भेट हुन्छ कि, हुदैन भन्ने सानो अभिलाषा बोकेर हतार–हतारमा सीमा नाका र विमानस्थलमा जम्मा हुन्छन् । र, मरेपनि आफ्नो भूमिमा प्राण छोड्ने दृढ अठोट लिएर जम्मा बन्छन् । न आउँन पाउँछन् न उनिहरुलाई खान बस्न स्वास्थ्य उपचारको सुरक्षा हुन्छ देशको लागि यति ठूलो विप्रेषण ल्याउनको लागि महत्वपूर्ण हिस्सा ओगटेका नागरिक माथि किन दैनिकी असुरक्षा र दुव्र्यहार भइरहेको महसुस हुन्छ ।

आफ्नो देश आउँनका लागि नाकामा अलपत्र परेर बसेका नागरिककलाई खानको लागि खानेकुरा बस्नको लागि बास छैन । खुल्ला आकाशमुनि चिसो हावामा रात, दिन बिताएर भोको पेटमा केही खानेकुरा खानको लागि भएपनि आफ्नो देश आउँन माग गरिरहेका छन् । लाखौँको सङ्ख्यामा एकै ठाउँमा दिनरात कटाइ दुःखको सामना गरिरहेका छन् । यस्तो विश्वव्यापी महामारीको बेला त्यहाँ भएका मध्ये कोहि सङ्क्रमित भएमा जिम्मेवारी को बन्छ उनिहरुको समस्याको समाधान कस्ले गर्ने ! यसको बेलैमा सुनुवाई समाधान हुनुपर्ने हो जस्तो लाग्छ । सघं प्रदेश, र स्थानीय तह गरेर तीन तहको सरकार गठन भयो देशमा स्थायी सरकार आयो, मानवको क्षेत्रमा काम गर्ने आयोग विभिन्न सस्थां आइ एन जि ओ, एन जि ओ असंख्य मात्रामा रहेका छन् । नेपालीको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित गैरसहकारी सस्था कति छन् ! तपाइलाइ लाग्ला थोरै छन् । तर, होइन नेपालमा मात्रै (एन जिओ ) ५१ हजार (आइएनजिओ) दुई सय ३४ आबद्ध छन् ।

यो वर्ष नेपाली जनताको हितमा अरबौँ बजेट खर्च गर्ने स्वीकृत लिएका छन् । ती मध्ये सबै जसो संस्था स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्छन् । तर, बिडम्बना यस्तो महामारीको बेला सहयोग गरेर सक्रिय हुनुपर्नेमा उनिहरु मुकदर्शक बनेर बसेका छन् भन्ने भान हुन्छ । सरकारले कोरोना नियन्त्रणको लागि एनजिओ र आइएन जिओ लाई २० प्रतिशत रकम खर्च गर्न निर्देशन दिएको छ । तर, यस्तो स्वास्थ्य महामारीमा मुकदर्शक बनेर बसेका छन् । सरकारले आपत्विपद्को समयमा समस्या न्युनीकरणको लागि कुनै क्षमता अभिवृद्धि गर्न सकेको छैन । अलपत्र नागरिकको बेलैमा समस्याको हल गर्दा आफ्नो देशमा सरकार भएको आभाष हुने थियो । तर, बिडम्वना महामारीको अन्त्य भइसक्दा समेत यसको कुनै सुनुवाइ हुनेछैन । नेपालको श्रम बजारमा प्रत्येक वर्ष पाचँ लाख युवा प्रवेश गर्दछन् र अधिक मात्रामा बैदेशिक रोजगारमा जान्छन् ।

अन्त्यमा, बैदेशिक रोजगारीमा जानेलाइ भरपर्दो र सुरक्षित शोषणयुक्त भोग्नुपरेको समस्याको समाधान ठगी धन्दामा पर्नेलाइ उद्धार न्युनीकरण महामारी आपत्विपद्को बेला सरकारबाट पाउने सेवासुविधा प्राप्त गर्दा नागरिकले सरकारप्रति अभिभावक र आमाबुबाको महसुस हुन्थ्यो होला । त्यसैले अलपत्र परेका आम नेपाली नागरिकलाइ बेलैमा उद्धार गरेर समस्यामा परेकाको समाधान खोज्ने कि !

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन
टाकुरा विशेष

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

by टाकुरा न्यूज । इटहरी
असार ८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको पाइएको छ ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३
जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.